सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गरिबीका टालाहरू

जागिर खोज्न युवाहरू शहरतिर धाउँदैछन् जागिर पाउने सूचीमा त मन्त्रीज्यूका सालाहरू ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

स्वागत कल्लाई गर्न भनी उन्छौ तिमी मालाहरू ।
तिखारेर धोकेबाजलाई हान्नुपर्छ भाला बरू ।

अँध्यारो नै बिनाशेर सुखै मात्र ल्याउँछु भन्थे
कहाँ गए सपना ती कहाँ खै उज्यालाहरू ।

पहिराका ढुङ्गा जस्तै लड्दै लड्दै कहाँ पुगे
बाटो भनी देखाएका कहाँ खै उकालाहरू ।

सपनाको महल बनाइ त्यहीँ बास गरेका छन्
कहिले पो फ्याकियो खै गरिबीका टालाहरू ।

आफ्नो भलो गर्ने भए चोरलाई चिन्न सिक
हेर्दा गोरा देखिन्छन् है भित्र साह्रै कालाहरू ।

जागिर खोज्न युवाहरू शहरतिर धाउँदैछन्
जागिर पाउने सूचीमा त मन्त्रीज्यूका सालाहरू ।

फेरि पनि चाड आउँछ अभावको यो गाउँतिर
भिज्न थाल्छन् किन होला गाउँलेका गालाहरू ।

०००
सिक्किम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी