साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबीका टालाहरू

जागिर खोज्न युवाहरू शहरतिर धाउँदैछन् जागिर पाउने सूचीमा त मन्त्रीज्यूका सालाहरू ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

स्वागत कल्लाई गर्न भनी उन्छौ तिमी मालाहरू ।
तिखारेर धोकेबाजलाई हान्नुपर्छ भाला बरू ।

अँध्यारो नै बिनाशेर सुखै मात्र ल्याउँछु भन्थे
कहाँ गए सपना ती कहाँ खै उज्यालाहरू ।

पहिराका ढुङ्गा जस्तै लड्दै लड्दै कहाँ पुगे
बाटो भनी देखाएका कहाँ खै उकालाहरू ।

सपनाको महल बनाइ त्यहीँ बास गरेका छन्
कहिले पो फ्याकियो खै गरिबीका टालाहरू ।

आफ्नो भलो गर्ने भए चोरलाई चिन्न सिक
हेर्दा गोरा देखिन्छन् है भित्र साह्रै कालाहरू ।

जागिर खोज्न युवाहरू शहरतिर धाउँदैछन्
जागिर पाउने सूचीमा त मन्त्रीज्यूका सालाहरू ।

फेरि पनि चाड आउँछ अभावको यो गाउँतिर
भिज्न थाल्छन् किन होला गाउँलेका गालाहरू ।

०००
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x