सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा प्रतियोगी कविता आव्हान

विज्ञप्तिमा बागमती प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिताका लागि इच्छुक कवि/कवयित्रीहरू १ महिनाको समयसीमा राखी माग गरिएको कविता बुझाउने अन्तिम म्याद यही वैशाख २२ सम्म रहेको छ ।

Nepal Telecom ad

धादिङ, ०८१ वैशाख ४ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगिताका लागि कविता आव्हान गरेको छ ।

प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि कविता आव्व्हन गरेको हो । भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण तथा सम्वद्र्धनका लागि कार्य गरिरहेकोे पनि जनाइएको छ ।

विज्ञप्तिमा बागमती प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिताका लागि इच्छुक कवि/कवयित्रीहरू १ महिनाको समयसीमा राखी माग गरिएको कविता बुझाउने अन्तिम म्याद यही वैशाख २२ सम्म रहेको छ । गद्य वा पद्यमा अधिकतम १८० शब्द सीमाभित्र रही राष्ट्र, राष्ट्रियता, प्राकृतिक विविधता तथा सामाजिक सद्भावप्रति समर्पित कविता प्रतियोगितामा समावेश हुनेछ । थप जानकारीका लागि प्रतिष्ठानको वेवसाइट neelakanthaadacdemy.org.np मा २०८० चैत २३ गते प्रकाशित सूचना हेर्न सकिने छ ।

कविता नेपाली भाषामा लेखी प्रीति फन्टमा टाइप गरी प्रतिष्ठानको कार्यालयमा बुझाउन वा neelakanthaacademy@gmail.com वा ppaudel96@gmail.com मार्फत संप्रेषण गर्न सकिनेछ । सहभागीको व्यक्तिगत विवरण सहित नागरिकताको एक प्रति प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो पनि पठाउन भनिएको छ ।

उक्त प्रतियोगितामा समावेश भएर उत्कृष्ट कविताहरू मध्ये प्रथम, द्वितीय र तृतीय हुने कवितालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुईजनालाई रु. ५/५ हजार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

०००
– प्रकाश पौडेलद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad