सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिद्धिचरण पुरस्कार डा. उषा ठाकुर र पत्रकार कार्कीलाई

प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख ४ । युगकवि सिद्धिचरण प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै युगकवि सिद्धिचरण पुरस्कार (२०८१) प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने जानकारी दिएकाे छ ।

यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएकाे छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिअनुसार बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार र ओखलढुङ्गा जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिन लागिएको हो ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad