सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुम्ती कविगोष्ठीमा पुरस्कार स्थापना

दुवै अक्षयकोषबाट आउने ब्याजरकमबाट काव्यविधाका सबै उपविधाहरूमध्येबाट प्रत्येक वर्षको वार्षिक साधारणसभामा दुई जनालाई पुरस्कार प्रदान गरिने भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८१ वैशाख ६ । घुम्ती कविगोष्ठी नेपालले हरेक वर्षको साउन महिनामा प्रदान गर्ने गरी काव्य विधाका दुई ओटा पुरस्कार स्थापना गरेको छ ।

घुम्ती-नालाङ काव्य पुरस्कारका लागि घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष, साहित्यसेवी श्री माधवलाल श्रेष्ठबाट आफू जन्मिएको ठाउँ नालाङका नाउँमा नगद रु.१,२५,०००।- राशिको अक्षयकोष र घुम्ती-रमा-बद्री काव्य पुरस्कारका लागि अभिनव साहित्य समाजका उपाध्यक्ष तथा घुम्ती कविगोष्ठी नेपालका कार्यसमिति सदस्य, साहित्यसेवी श्री विमल अर्यालबाट आफ्ना माता-पिताका नाउँमा नगद रु.१,२५,०००।- राशिको अक्षयकोष स्थापना गर्नु भएको छ ।

दुवै अक्षयकोषबाट आउने ब्याजरकमबाट काव्यविधाका सबै उपविधाहरूमध्येबाट प्रत्येक वर्षको वार्षिक साधारणसभामा दुई जनालाई पुरस्कार प्रदान गरिने भएको छ । घुम्ती कविगोष्ठी नेपालको हिजो वैशाख पाँच गते बसेको कार्यसमितिको बैठकले दुवै पुरस्कारको घोषणा गरेको कुरा घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डितले बताउनुभयो ।

०००

-परशुराम परासरद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad