साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा वक्तृत्वकला

प्रतियोगितामा आकाङ्क्षा निरौला प्रथम, कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय र प्रियान्सु पोखरेललाई सान्त्वना स्थान मिलेको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ चैत्र ५ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

३१औँ पारिजात स्मृति दिवसको सन्दर्भमा ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा आकाङ्क्षा निरौला प्रथम, कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय र प्रियान्सु पोखरेललाई सान्त्वना स्थान मिलेको हो । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत युगेश ढकालले नगद राशी ५०० सहित प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो ।

प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान प्राप्त गर्न सफल वक्ताहरूलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हेउनपा १० नं. वडा सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, हेउनपा १० नं. वडाका जनप्रतिनिधिहरू गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डि.बि. बर्तौला, सानु खनाल, मञ्जु खरालको आतिथ्यता रहेको कार्यक्रममा देवराज तिवारी (गजल), शान्ति प्रियवन्दना (कविता), संप्रस पौडेल (व्यङ्ग्य कविता), अमृता लामिछाने (मुक्तक),जनार्दन खनाल, ऋषिराम पाण्डेयले आ-आफ्ना रचनावाचन गर्नुभएको थियो ।

बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणी पौडेल प्रमुख अतिथि तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटा सभाध्यक्ष रहनुभएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ तथा आँचल साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरे विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा १८ प्रतियोगीहरूको सहभागिता थियो । संस्थाका सदस्य एलिजा पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमलाई भवानी तिमल्सिना न्यौपानेले सहजीकरण गर्नुभएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x