साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा प्रतिष्ठानमा पुन: पुस्तक प्रदर्शनी प्रारम्भ

पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।

Nepal Telecom ad

काठमाडौँ, कमलादी २०८१ वैशाख ४ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।

“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।

प्रज्ञा नेपाली बृहत् शब्दकाेश १ प्रति खरिदमा २०% छुट र दुई प्रतिकाे खरिदमा २५% छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ ।

प्रदर्शनी २०८१ वैशाख ४ देखि१८ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश, नेपाली साहित्यकाेश, काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चामलिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’, काठमाडौँ उपत्यकाका नेवारी लाेकगीत लगायतका पुस्तकहरू ४०% छुटमा पाइन्छ ।

प्रतिष्ठानका नयाँ प्रकाशन ‘समाज अन्वेषण’, ‘मिक’, ‘लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएकाे छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिने छ ।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x