सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छन्दमञ्जरीको ११० औँ  छन्दमय शृङ्खला सम्पन्न

कार्यक्रममा सिर्जना विशेषः विविध छन्दका सामग्रीकाे प्रस्तुति सहित छन्दमञ्जरीको काव्यसाधना समूहले ११० औँ शृङ्खलालाई भव्यताका साथ सम्पन्न गरेको हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख ८ । डा. बमबहादुर थापा जितालीलाई मियाे बनाएर अनलाइन प्रविधिकाे गुगल मिटमार्फत छन्दमञ्जरीको ११० औँ शृङ्खला सम्पन्न भएकाे छ ।

चूडा नीर्भिकद्वारा सञ्चालित र यस श्रृङ्खलामा टङ्कराज ढकालले समीक्षककाे भूमिका निर्वाह गर्नुभएकाे कार्यक्रममा सिर्जना विशेषः विविध छन्दका सामग्रीकाे प्रस्तुति सहित छन्दमञ्जरीको काव्यसाधना समूहले ११० औँ शृङ्खलालाई भव्यताका साथ सम्पन्न गरेको हाे ।

काव्य प्रस्तुतिको क्रम कवि हरिप्रसाद चौलागाईँको वियोग शीर्षकमा चित्रा छन्दमा रचित कविताबाट आरम्भ भएको थियो । कवि गङ्गा भण्डारीले नयाँ वर्ष शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता प्रस्तुत गर्नुभयो भने कवि शान्ति सिग्देलले भुजङ्गप्रयात छन्दमा लेखिएको डुबौँ छन्द शीर्षकको कविता सुनाउनु भएको थियो।

कवि पूर्ण पन्तले द्रुता छन्दमा लेखिएको निषिद्ध छ शीर्षकको कविता सुनाउनुभयो । कवि सुधा बास्कोटा ढकालले स्रग्विणी छन्दमा लेखिएको कविता वाचन गर्नुभयो । उषा बस्ताकोटी खनालले दोधक छन्दमा लेखिएको वसन्त शीर्षकको कविता वाचन गर्नुभयो ।

यसैगरी कवि वीरबहादुर लोहनीले राष्ट्रको पहिचान शीर्षकको सवाइ छन्दमा लेखिएको रचना वाचन गर्नुभयो भने कवि जानुका गुरागाईँले नयाँ वर्ष शीर्षकमा भुजङ्गप्रयात छन्दमा लेखिएको कविता वाचन गर्नुभयो । कवि शम्भु गजुरेलले ज्योति छन्दमा लेखिएको शुभकामना शीर्षकको कविता सुनाउनुभयो । कवि हरि खनालले तृष्णावेग शीर्षकको रोला छन्दमा लेखिएको साङ्गीतिक कविता प्रस्तुत गर्नुभयो ।

त्यसैगरी कवि जगदीश्वर पोखरेलले असारे झ्याउरे छन्दमा लेखिएको विकास गर्नेछु शीर्षकको कविता प्रस्तुत गर्नुभयो ।कवि शिवराम भट्टले शार्दूलविक्रीडित छन्दमा गण्डकी शीर्षकमा लेखिएको रचना वाचन गर्नुभयो । कवि टेकबहादुर लौडारीले अनुष्टुप् छन्दमा ओइरियोस् शुभकामना शीर्षकको कविता प्रस्तुत गर्नुभयो भने कवि पुरुषोत्तम सिग्देलले प्रभावली छन्दको कविता वाचन गर्नुभयो । कवि दुर्गा रिमाल अधिकारीले हारिणी छन्दमा लेखिएको नौला पलाए मुना शीर्षकको कविता प्रस्तुत गर्नुभयो ।

यस श्रृङ्खलाका समीक्षक कवि टङ्कराज ढकालले समय सुस्तरी फेरियो शीर्षकमा मालाधर छन्दमा रचिएको कविता प्रस्तुत गर्नुभयो । कवि डा सिता सुवेदी पन्थीले भुजङ्गप्रयात छन्दमा रचित कविता वाचन गर्नुभएको थियो । कवि तथा कार्यक्रम सञ्चालक चूडा नीर्भिकले नभोगोस् कष्ट माटोले शीर्षकमा शिखरिणी छन्दमा लेखिएको कविता प्रस्तुत गर्नुभयो । युवाकवि उत्तम भेटवालको कविता माधुर्य होसे काव्यमा शीर्षकको कवितालाई कवि शान्ति सिग्देलले वाचन गर्नुभएको थियो ।

छन्दमञ्जरीको ११० औँ श्रृङ्खलाका मियो एवं कवि बमबहादुर थापा जितालीले हारिणी छन्दमा लेखिएको नाङ्गा उदाङ्गा शीर्षकको कविता प्रस्तुत गर्नुभयो । कवि तथा यस शृङ्खलाका टिप्पणीकर्ता टङ्कराज ढकालले प्रस्तुत सत्र कविहरूका रचनाका विषयमा सघन विमर्श गर्नुभयो । वाचित सबै कविताहरू स्तरीय रहेको उहाँको टिप्पणी थियो । मियो डा बमबहादुर थापा जितालीले फरक फरक छन्दमा प्रस्तुत यस शृङ्खलाका सबै सिर्जनाहरू सुन्दर रहेको र छन्द दिवससमेत सार्थक भएको धारणा राख्नुभएको थियाे ।
आज वाचित १८ कविताहरू मध्ये १५ कविताहरू फरक फरक छन्दमा रचिएका थिए ।

निरन्तर काव्य साधना गरी छन्दमञ्जरीलाई ११० औँ श्रृङ्खलासम्म ल्याउनु हुने सबै स्रष्टाहरूमा छन्दमञ्जरी हार्दिक आभार व्यक्त गरेकाे छ । आगामी १११ औं काव्य श्रृङ्खलामा प्रस्तुत हुने कविहरूले कुनै पनि छन्दमा अझ उत्कृष्ट कविता प्रस्तुत गर्ने सामूहिक सल्लाह रहेको कुरा सादर अनुरोध गरेकाे छ ।

मेरो साहित्यको डबलीमा रहेर मित्रवत् रूपमा टिप्पणी गर्नुहुने तथा हाम्रा समाचारलाई मन पराएर प्रतिक्रिया दिनुहुने सबैमा हार्दिक आभार प्रकट गरेकाे छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad