फित्काैली डटकमघुम्तीको १३७ औँ शृङ्खलामा घिमिरे वेदमणिको कृति लोकार्पण
घुम्ती कविगोष्ठी नेपालको १३७ औँ शृङ्खला कार्यक्रममा गो.न.पा.का नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार विजय चालिसे हुनुहुन्थ्यो ।

काठमाडौँ, २०८१, वैशाख ८ । घुम्ती कविगोष्ठी नेपालको १३७ औँ शृङ्खलाको कविगोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिको निवास, गो.न.पा.-६, जोरपाटीमा उहाँकै सभापतित्वमा भएको थियो । वेदमणिको जन्म महिना पारेर हरेक वर्ष वैशाख महिनामा गरिने घुम्तीको यो कार्यक्रममा उहाँद्वारा लिखित बोधकथासङ्ग्रह ‘यो पनि परिवर्तन हुन्छ’ को लोकार्पण भएको थियो ।
कार्यक्रममा गो.न.पा.का नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार विजय चालिसे हुनुहुन्थ्यो । अन्य अथितिहरूमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ साहित्यकार भगतदास श्रेष्ठ, दुर्गा घिमिरे, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो ।
बिहान ८ बजे सुरु भएको कार्यक्रमको मध्यतिर गोविन्द घिमिरे वेदमणिद्वारा लिखित बोधकथा लोकार्पण भएको थियो । प्रमुख अतिथि, अतिथि सबैले एकसाथ लोकार्पण गरिएको उक्त पुस्तकका बारेमा लेखकले लेखकीय मन्तव्य राख्नुभएको थियो । ३३ जना साहित्यकारको उपस्थितिमा भएको यस कार्यक्रमको सुरुमा घुम्तीका अध्यक्षले गोविन्द घिमिरे वेदमणिलाई जन्मदिनको शुभकामनासहित खादा र टिका लगाइदिनुभएको थियो ।
कार्यक्रममा रन्जु खनाल, भगतदास श्रेष्ठ, बाजुराम पौडेल, वसन्त रिजाल, माधवलाल श्रेष्ठ, परशुराम पराशर, घनश्याम प्रसाईं, रामकुमार पण्डित, विमल अर्याल, त्रिलोचन आचार्य, शान्ति रिसाल, सुरेशचन्द्र घिमिरे, दुर्गा अधिकारी भमरकोटे, नारायणकुमार आचार्य, विनोद दाहाल वत्स, एन.बी. जनकपुरी, आलोक चालिसे, दुर्गाभवानी भट्ट, सुमित्रा श्रेष्ठ, सरिता घिमिरे र अच्युतप्रसाद पौडेल चिन्तनले कविता, गीत, गजल, मुक्तक, सुसेलीहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन परशुराम पराशरले गर्नुभएको थियो भने वाचित रचनाहरूको समीक्षा सभापति गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो ।
०००
-परशुराम परशरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































