साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (४)

छोरा छन् कतिका विमुग्ध मनका सन्ताप टारिदिने आमाबाबु बुझेर मुग्ध मनका हर्षाश्रु झारिदिने झुल्किन्छन् रवि पूर्वको क्षितिजमा लाली छरी रोसनी हाँस्तैनन् दिलभित्रका मृदुलता यी देह ताते पनि ।

Nepal Telecom ad

हेम अधिकारी :

साथी टन्न थिए सबै रहरको गाउँ थियो वैभव
छोरा जोर थिए मनैभरिदिने क्या मुग्ध ! त्यो शैशव
त्यस्तो हर्षविभोर जीवन थियो पुग्ने भयो कामना
औँसीको सपना थिएन कहिले त्यो पूर्णिमा पूर्णिमा ।

खोल्मा खालि छ ,ठेकीमा ढुँडी पर्‍यो सेतो नदेख्ने भयौँ
चुर्लुम्मै दुधमा डुबाई गतिला छोरा बढाइलियौँ
बेँसी लेक गरी बगाई पसिना राम्रै पढाइ दियौँ
थोत्रा मात्र लगाई प्यारसँगले राम्रै लगाई दियौँ ।

आमाबाबु सधैँ खटेर घरका सर्वस्व सन्तान हुन्
आफ्ना सान र मान गर्व गतिला सद्भाव सम्मान हुन्
भन्दै अर्पण गर्दछन् जीवन नै माया उँधोको हुने
ताकीहान्छ मुढो, बुढो परशुले ताक्ने घुँडो भैदिने ।

छोरा छन् कतिका विमुग्ध मनका सन्ताप टारिदिने
आमाबाबु बुझेर मुग्ध मनका हर्षाश्रु झारिदिने
झुल्किन्छन् रवि पूर्वको क्षितिजमा लाली छरी रोसनी
हाँस्तैनन् दिलभित्रका मृदुलता यी देह ताते पनि ।

कान्छो आउँछ रल्लिँदै हृदयको सत्प्यारको मन्दिर
को को ल्याउँछ साथमा सँगीहरू बुझ्दैन हाम्रो पिर
यादै छैन पिता र रुग्ण जननी के हेर्छ के हेर्छ र !
जेठाले सब बिर्सियो र अहिले भो जीवनी बन्जर ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x