साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीखण्डमा ऐँजेरु

एक संस्थाले उनको कृतिलाई पुरस्कृत पनि गर्‍यो । सम्मान गर्दै संस्थाको अध्यक्षले मन्तव्य राखे - “मेरो चाउरिएको दिमागले ऐँजेरु देखेको यो कृति त श्रीखण्ड पो रहेछ ।”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“हैन कता हराउनु भयो ?”
निकै भएको थियो उनको लेख रचना आउन छाडेको । उनको रचनाको पारखी भएको नाताले खुलदुली लाग्यो र समाजिक सञ्जालबाट संवाद सुरु गरेँ ।

“हराएको छैन ।”छोटो उत्तर आयो ।
“अनि किन त लेखनमा पूणर्विराम ?”
“कलमलाई तनाव छ ।”
म एकछिन अकमकिएँ, मन झन् अशान्त भयो ।
“किन र हजुर ?”
“मेरा रचनाले ऐँजेरु फैलायो रे ।”
“कसले भन्यो ?”
“मौसमी अतिथिले ।”
“लाखौँ मान्छेहरूमाझ एउटाले छिटा हान्दैमा हतास हुनु त भएन नि हजुर ।” सम्झाउने प्रयत्न गरेँ ।

सम्झाउन निकै पापड बेलेपछि बल्ल उनी धरातलमा आए । उत्साहित, उनले कृति प्रकाशित गरे । एक संस्थाले उनको कृतिलाई पुरस्कृत पनि गर्‍यो । सम्मान गर्दै संस्थाको अध्यक्षले मन्तव्य राखे –
“मेरो चाउरिएको दिमागले ऐँजेरु देखेको यो कृति त श्रीखण्ड पो रहेछ ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x