सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्ना खास

मलाई भेट्नु अवस्था बुझ्नुअघि फेसबुकमा श्रद्धाञ्जली पोस्ट गर्छन् मेरा आफ्नाहरू अति खास छन् मलाई हमेसा औधी माया गर्छन् अलिकति थलिनु मात्र पर्छ म हतार हतार कात्रो किन्न दगुर्छन् !

Nepal Telecom ad

रामदेव पाण्डे :

मेरा आफ्नाहरू अति खास छन्
मलाई हमेसा औधी माया गर्छन्
खास भएपछि आस त लागिहाल्छ
सुखमा साथ दुःखमा अलि पर सर्छन्
यतिसम्म माया गर्छन् मलाई तिनी
मेरो खुसीमा पनि धुरुधुरु गर्छन्
अलिकति थलिनु मात्र पर्छ म
हतार हतार कात्रो किन्न दगुर्छन् !
एम्बुलेन्स खोज्ने झन्झट गर्दैनन्
सिधै शव वाहनलाई फोन गर्छन्
मलाई भेट्नु अवस्था बुझ्नुअघि
फेसबुकमा श्रद्धाञ्जली पोस्ट गर्छन्
मेरा आफ्नाहरू अति खास छन्
मलाई हमेसा औधी माया गर्छन्
अलिकति थलिनु मात्र पर्छ म
हतार हतार कात्रो किन्न दगुर्छन् !

०००
काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चाटाचाट

चाटाचाट

रामदेव पाण्डे
प्राण याचनाः

प्राण याचनाः

रामदेव पाण्डे
मिसन चौरासी !

मिसन चौरासी !

रामदेव पाण्डे
सुतकले सुताएछ

सुतकले सुताएछ

रामदेव पाण्डे
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही