साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सासुपद्वारा वसन्तोत्सव कविगोष्ठी सम्पन्न

साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, साहित्य एकाडेमी दिल्लीका सदस्य श्रीमती आशा लामा मुखियाको प्रमुख आतिथ्य तथा बरिष्ठ कवि एवम् गीतकार मदन ओझाको विशिष्ट आतिथ्य रहेको थियाे ।

Nepal Telecom ad

मिरिक / ४ मई २०२४ अर्थात् २२ वैशाख २०८१ शनिबारका दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिका अन्तर्गत ब्लू लसुन होटलमा वसन्त कविता महोत्सव सम्पन्न भएको हो ।

साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, साहित्य एकाडेमी दिल्लीका सदस्य श्रीमती आशा लामा मुखियाको प्रमुख आतिथ्य तथा बरिष्ठ कवि एवम् गीतकार मदन ओझाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा सम्पादक धर्मराज वंजन, गोर्खा साँस्कृतिक संस्थान खर्साङका सदस्य पारस लामा, मिरिक बस्ती ग्राम पञ्चायत प्रधान शर्मिला राई आदि अतिथिहरूको पनि सहभागिता थियो ।

मञ्चासिन अतिथिहरूलाई खदार्पणसँगै स्वागत गरेपछि दीप प्रज्ज्वलन गरी अतिथिवर्गबाट नै कार्यक्रमको उद्घाटन गरिएको दियो । श्यामु प्रधानद्वारा निर्देशित सरस्वती बन्दना साई समिति मिरिक थानालाइनको नानी इशाना विश्वले गरेको कार्यक्रममा इनुङ्मा राईले नेपाली गीत प्रस्तुत गरिन् । दुवैलाई संस्थाको तर्फबाट स्मृति चिन्ह प्रदान गरिएको थियो ।

त्यसो त कार्यक्रमको औचित्य प्रस्तुत गर्दै शीला लामाले भनिन् – सासुप मिरिकले सन् २०११ देखि साहित्यको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको र हालसम्म पनि हरेक कार्य यसरी नै सम्पादन भएको जानकारी गराउँदै युवावर्ग लक्षित र गुटबन्दीरहीत कार्यसहभागिता हुनुपर्नेमा जोड दिइन् । यदि साहित्यमा पनि गुटबन्दी हुर्किए संस्था, साहित्य र व्यक्तिकै पतन हुने निश्चित भएको पुनः जानकारी गराइन् भने प्रमुखअतिथि मदन ओझाले पनि संस्थाको उन्नति र प्रगतिको चर्चा गर्दै आफ्ना भनाइहरू साझा गरेका थिए ।

त्यसैगरी प्रमुख अतिथि आशा लामा मुखियाले पनि वसन्त महोत्सवका अवसरमा आफ्ना दुई कविता पनि प्रस्तुत गरिन् । नेपाली साहित्यमा दीर्घ सेवा गरेवापत् संस्थाको तर्फबाट स्मृति चिह्न र उपहारसहितको सम्मान ग्रहण गर्दै आफ्नो सासुपसँग पुरानै सम्बन्ध रहेको जानकारी ताजा गराउँदै मिरिक नगरीका साहित्यिक क्षेत्रलाई फराकिलो बनाउन आफूले दिल्लीसँग नयाँ सम्झौता गर्ने प्रतिबद्धता पनि जाहेर गरिन् ।

कविता महोत्सव २०२४ को अवसरमा वसन्तसम्बन्धी कविता पनि प्रस्तुत भएका थिए – रचना वाचन गर्ने कविहरूमा- माधव बुढाथोकी- गोपालधारा, धीरज सुब्बा – ॠषिहाट, विलास तामाङ र जीनर घतानी – फुवागढी, भानु मार्मिक- कोलाचन फाप्री सिलिगुडी, सृष्टि प्रधान- पाँच माइल राङभाङ बस्ती, किसन प्रधान- नागरी, अरुणचन्द्र कुलुङ- टिङ्लिङ, शरद् सुब्बा-नागरी, डुकछिरिङ लेप्चा-मिरिक, नदी भट्टराई- इलाम नेपाल, विनिता राई, पन्ना राई, अजम प्रधान र सुन्दर घिसिङ-थर्बु , ॠतु खवास- च्वानधुरा, वाईएन ढकाल- कृष्णनगर, अर्जुन प्रधान-लोकलाङ, गोकुल रसाइली-मिरिक, गणेश बराईली-डुप्टिन आदि रहेका थिए । एसबी गजमेरले भने डा.कमला तामाङको देशभक्ति कविता वाचन गरेका थिए ।

अन्त्यमा संस्थाको तर्फबाट आमन्त्रित तथा स्थानीय सहभागी कविहरूलाई आभार तथा धन्यवाद व्यक्त गर्दै संस्थाकै तर्फबाट सम्पूर्ण कविहरूलाई उपहार एवम् प्रमाण-पत्र प्रदान गरिएको थियो ।

साहित्य सुनौँ परिवार मिरिकको आयोजना रहेको सो कार्यक्रममा केसाङ लामाको स्वागत मन्तव्य , शीला लामाको कार्यक्रमको उद्धेश्य तथा औचित्य तथा साहित्यकार दीप प्रधानको सहजीकरण रहेको थियो ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x