फित्काैली डटकममुनाल क्लबको ४४ औँ वार्षिक उत्सव र स्मारिका लोकार्पण
समारोहमा आफ्नो वार्षिक उत्सवको अवसर पारेर प्रकाशित गरिएको ‘मुनाल क्लव स्मारिका- २०८१’ पनि सामुहिक रूपमा लोकार्पण गरिएको थियो भने ढलोटद्वारा निर्मित क्लबको प्रतीक ‘मुनाल’को अनावरण समेत गरिएको थियो ।

काठमाडौं, चन्द्रागिरि नगरपालिका वडा नं. १५ स्थित, काठमाडौँको दक्षिण पश्चिम भेगमै जीवन्त रूपमा सञ्चालन हुँदै आइरहेको मुनाल क्लब तीनथानाले आफ्नो ४४ औं वार्षिक उत्सव गत शनिवार सम्पन्न गरेको छ ।
आफ्नै भवनको प्राङ्गणमा भव्य रुपमा सम्पन्न समारोहमा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र चनपा १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, पूर्व वडा अध्यक्ष उत्तमबहादुर राउत लगायत क्लबका संस्थापक अध्यक्ष बद्रि भण्डारी र अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
समारोहमा आफ्नो वार्षिक उत्सवको अवसर पारेर प्रकाशित गरिएको ‘मुनाल क्लव स्मारिका- २०८१’ पनि सामुहिक रूपमा लोकार्पण गरिएको थियो भने ढलोटद्वारा निर्मित क्लबको प्रतीक ‘मुनाल’को अनावरण समेत गरिएको थियो ।
क्लब स्थापनाको चवालिसौँ वार्षिकोत्सवका असरमा अतिथिहरूले शुभकामना दिँदै तीनथाना क्षेत्रका युवाहरूलाई साहित्य कला र खेलकुद एवम सामाजिक सेवामा क्लबले प्रेरित गदै आएको स्मरण गरेका थिए ।
क्लब स्थापनादेखि भवन निर्माण र सञ्चालनमा विशिष्ट योगदान दिने महानुभावहरूलाई क्लबको तर्फबाट प्रशंसापत्रसहित सम्मानित गरियो ।
क्लबका अध्यक्ष पुष्कर थापाका अध्यक्षतामा सम्पन्न समारोहमा लोकार्पण गरिएको ‘मुनाल क्लब स्मारिका- २०८१’ समेटिएका रचनाहरू बारे स्मारिका प्रकाशन समितिका तर्फबाट गोपीचन्द्र कार्कीले प्रकाश पार्नु भएको थियो ।
लोकार्पित स्मारिकामा १ शुभकामना प्रा. घनश्याम भण्डारी, हरिशरण आचार्य, बद्री भण्डारी, गोपीचन्द्र कार्की,
शान्तीदेवी घिमिरे, राजु महत, प्रा. केशव सुवेदी, मोहनहरि आचार्य, डा. मधुसुदन गिरि, कृष्णहरि कार्की, दिनेश कार्की, ललिक महर्जन, नरनाथ लुइँटेल लगायतका लेख-रचना समेटिएको छ ।
स्मारिकाले समग्ररुपमा मुनाल क्लब र तीनथानाका क्षेत्रको साहित्य, कला, संस्कृति लगायत विविध पक्षबारे प्रकाश पार्ने कार्य गरेको छ ।
०००
– गोपीचन्द्र कार्कीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































