साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राप्ती साहित्य परिषद् दाङ शाखाकाे ७० औँ छन्द संगम  

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्य  तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

Nepal Telecom ad

दाङ, २०८१ वैशाख २८ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७०औँ श्रृङ्खला छन्द संगम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरेको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्य  तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

वर्तमान समयमा छन्द कविता लेख्ने परम्परा हराउँदै गएको परिप्रेक्षमा राप्ती साहित्य परिषद् दाङ शाखाले त्रैमासिक रूपमा छन्द संगम कार्यक्रम गर्दै आएको छ।

सो कार्यक्रममा दाङका उल्लेखित मात्रामा छन्दमा कलम चलाउने तथा अरू विधामा कलम चलाउने साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार साहित्यकार कमलमणि देवकोटा, मोहन दाहाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापा वीणा रोका, नारद प्रसाद भण्डारी, सुरेश कुमार पाण्डे, दामोदर पौडेल, महेश कुमार न्यौपाने, नगेन्द्र गुरु लगायतका कविहरूले छन्दका कविता वाचन गर्नुभएको थियो।

राप्ति साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी तथा सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले आफ्नो रचनासहित हराउँदै गएको छन्द कवितालाई छन्द संगमले मलजल गर्ने काम गरेको बताउनुभएको थियो।

त्यसैगरी प्रमुख अतिथिको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले रचनासहित छन्द प्रशिक्षणका साथै छन्दबारे विशेष वहस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x