फित्काैली डटकमइलामकाे श्रीअन्तुमा अन्तर्राष्ट्रिय काव्य संगाेष्ठी
प्रलेसका केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरीकाे अध्यक्षतामा भएकाे साे संगाेष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विमल निभाले सबैकाे साझा प्रज्ञा प्रतिष्ठान हाेस् भन्ने उद्देश्यकासाथ कार्यक्रम गरिरहेकाे बताउनु भयाे ।

इलाम, २०८१ जेष्ठ १२ इलाम । इलामकाे श्रीअन्तुमा जेष्ठ ११ गतेदेखि प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र नेपाल प्रज्ञा प्रतिष्ठानकाे संयुक्त आयाेजनामा अन्तर्राष्ट्रिय प्रगतिशील काव्य संगाेष्ठी सम्मपन्न भएकाे छ ।
संगाेष्ठीमा काेशी प्रदेशकाे साहित्यिक इतिहासका साथै दर्शन, बालसाहित्य, भाषा, मातृभाषा र सामाजिकशास्त्र विषयक बृहत् वाङ्मय संगाेष्ठी २०८१ भएकाे हाे ।
प्रलेसका केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरीकाे अध्यक्षतामा भएकाे साे संगाेष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विमल निभाले नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएकाे कार्यक्रमले नेपाली भाषा साहित्य मात्र हाेइन सबै भाषाभाषीकाे लागि कार्यक्रम लिएर आउने र हामीले सबैकाे साझा प्रज्ञा प्रतिष्ठान हाेस् भन्ने उद्देश्यकासाथ कार्यक्रम गरिरहेकाे बताउनु भयाे । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएकाे कार्यक्रमले नेपाली भाषा साहित्य मात्र हाेइन सबै भाषाभाषीकाेलागि कार्यक्रम लिएर आउने र हामीले सबैकाे साझा प्रज्ञा प्रतिष्ठान हाेस भन्ने उद्देश्यकासाथ कार्यक्रम गरिरहेकाे बताउनु भयाे ।
कार्यक्रममा प्राज्ञ रविमान लम्जेलले काेशी प्रदेशकाे साहित्य विषयक कार्यपत्र र देवेन्द्र साेक्तेनले किरात धर्म मुन्धुम विमर्श विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
साे कार्यपत्र प्रस्तुति पछि संगिनी गीत र नृत्य, नेवारी नृत्य लाखेनाच प्रस्तुत गरिएकाे थियाे भने नेपाल र भारतका ३ दर्जन कवि कवयत्रीहरुले रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपालका पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरु, राष्ट्रिय परिषद सदस्यहरु, सल्लाहकारहरु सातवटै प्रदेशका प्रतिशील लेखक सङ्घका र जिल्ला कमिटीका अध्यक्ष सचिव लगायतका करिब सय जनाकाे उपस्थिति रहेकाे थियाे ।
०००
– माधव पाेखरेल गाेज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































