साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १६१ औँ आख्यान वाचन

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री केसी प्रधान हुनुहु्न्थ्यो ।

Nepal Telecom ad

काठमाडौ, २०८० जेष्ठ, १९ । सुरभि साहित्य प्रतिष्ठानको १६१ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री केसी प्रधान हुनुहु्न्थ्यो भने अन्य अतिथिहरूमा साहित्यकार महेन्द्र चालिसे, साहित्यकार दिलिप अर्याल, अच्युतप्रसाद चालिसे र मासिक सय अभियानका अध्यक्ष सञ्जय पोखरेल हुनुहुन्थ्यो ।

कार्यक्रमको सुरुवात प्रतिष्ठिानका उपाध्यक्ष परशुराम पराजुलीको स्वागत मन्तव्यबाट भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले सुरभि साहित्य प्रतिष्ठान निरन्तर अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै उपस्थिति पातलो भए पनि कथा सुन्न ज्यादै रमाइलो मान्ने हुनाले यसका कतिपय शृङ्खला छुटेकामा दुःख लागेको बताउनुभयो ।

कार्यक्रममा नौ ओटा कथा-लघुकथा वाचन भएका थिए । जसमा प्रतिष्ठानका कोषाध्यक्ष प्रमोद प्याकुरेल, शारदा पराजुली, रामचन्द्र खतिवडा, रञ्जु खनाल, अच्युतप्रसाद चालिसे, दिलिप अर्याल, महेन्द्र चालिसे, बाजुराम पौडेल र मञ्जुश्री केसी प्रधानले आआफ्ना कथा-लघुकथा वाचन गर्नुभएको थियो ।

३२ जनाको उपस्थिति रहेको यस कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

०००
– पर्शुराम परासरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x