साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा सम्मान एवम् एकैसाथ तीनवटा कृति लोकार्पण

साहित्यको क्षेत्रमा मौन साधिकाका उपनामले स्थापित नारी हस्ताक्षर आख्यानकार राधा रसाईली तेस्रो मणि खवास स्मृति पुरस्कार २०२४ द्वारा सम्मानित भएका छन् ।

Nepal Telecom ad

दार्जिलिङ /२ जुन २०२४ अर्थात् २० जेठ २०८१ आइतवारका दिन भारतको दार्जिलिङ जिल्लाको कदमतलास्थित मिरिक नगरपालिका निवासी साहित्यको क्षेत्रमा मौन साधिकाका उपनामले स्थापित नारी हस्ताक्षर आख्यानकार राधा रसाईली तेस्रो मणि खवास स्मृति पुरस्कार २०२४ द्वारा सम्मानित भएका छन् ।

मणिका सुब्बा खवासकृत पुस्तक (समयका कनिका र रङ), देवीका सुब्बा खवासकृत ‘लालाबाला’ (बाल कवितासङ्ग्रह ) र लोकगायक ईन्द्र थपलिया (व्यक्तित्व र कृतित्व) गरी तीनवटा कृति पनि लोकार्पण गरिएकाे हो ।

साहित्यकार लोकनाथ चापागाईँको अध्यक्षता र डा.मोहन पी दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रमा युवराज काफ्ले, पीबी गुरुङ, सुदर्शन अम्बटे, विष्णु ठकुरी, मणिकुमार शर्मा, डीबी खवास, गणेशकुमार प्रधान र राम शाह, डा.सुकराज दियाली, हास्यव्यङ्ग्यकार एवम् नाटककार कृष्ण प्रधान, मञ्जुला सुब्बा, देवीका मंग्राती आदि स्रष्टाहरूको विशिष्ट आतिथ्य रहेको थियो ।

दिवङ्गत स्रष्टा मणि खवासको तस्बिरमा माल्यार्पण गरेपश्चात श्रद्धाञ्जलीस्वरूप करिब २ मिनट मौनधारण गरी दीप प्रज्ज्वलनसहित कार्यक्रमको उद्घाटन गरिएको थियो ।

साहित्यकाद्वय युवराज काफ्ले र डा.सुकराज दियालीले लोकार्पित कृति ‘समयका कनिका र रङ’ र ‘लालाबाला’ बाल कवितासङ्ग्रहमाथि क्रमशः गहन विश्लेषण गरेका थिए ।

कार्यक्रममा समाज सेवक केपी शर्मा, साहित्यकारहरू सुष्मा मोक्तान, मात्रिका गजमेर, डा.आरपी गुरुङ, भाषा साहित्य सेवकको रूपमा प्रदीप रसाइली, पुस्तक प्रकाशित गरेर सेवा गरेवापत् खेमराज सापकोटा, उत्कृष्ट आवरण चित्रकारको रूपमा सुरज मोक्तान र समाजसेवी विपी शर्मालाई मणि खवास स्मृति सम्मान २०२४ ले सम्मान गरिएको थियो ।

सम्मानित हुने स्रष्टाहरूको तर्फबाट प्रदीप रसाइलीले आफूहरू सम्मानित भएकोमा गर्वबोध गर्दै थप जिम्मेवारी प्राप्त भएको बताए । त्यसो त कार्यक्रममा पर्विता गुरुङले कविता वाचन पनि गरेकी थिइन् ।

त्यसैगरी प्रमुख अतिथि डा.मोहन पी दाहालले पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरूलाई शुभकामना व्यक्त गर्दै आयोजक संस्थाको प्रशंसा गरेका थिए । अन्त्यमा अध्यक्षको मन्तव्यसहित कार्यक्रम समापन भएको थियो ।

मणि खवास स्मृति प्रतिष्ठान मिरिकको आयोजना, मनोहर शर्माको स्वागत मन्तव्य , देवीका सुब्बा खवासको उद्देश्य र औचित्य रहेको कार्यक्रमा सुमित्रा अविरलको सहजीकरण रहेको थियो ।

०००
मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x