साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो कुन तन्त्र हो ?

छिट्टै आउनु हुन्छ । उहाँ देश र जनताको लागि गणतन्त्र लिन जानुभएको छ । तिमीले चिन्ता नगर उहाँ छिट्टै गणतन्त्र लिएर आउनुहुन्छ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“आमा ! हाम्रो बाबा कहिले फर्किनुहुन्छ ?”- सानो नाति बाबुले हजुरआमासँग विनम्र सोध्यो।

“राजु बेटा तिम्रो हजुरबा भोलि फर्किनु हुन्छ ।”- पार्वताले राजुको कपाल सुमसुम्याउँदै भनिन्।

“त्यो भोलि कहिले आउँ छ त ? हजुरले त सधैभरी भोलि -भोलि भनिरहनुहुन्छ ?” -राजु रिसाए झैं गर्यो ।

“भन्नु न आमा ! हजुरबा के लिन जानु भएको हो ? कहाँ जानुभएको हो ?” -राजुले थप जिद्धी गर्यो।

पार्वताले राजुको अनुहारमा अलिवेर एककोहोरो नियालिरहिन् ।

“के भनौं यसलाई अब तिम्रो बाबा कहिल्यै आउँदैनन्, उनी देश र जनताको लागि शहिद भए। ओहो यो बिचरालाई किन रूवाउँने ?”- उनले मनैमन आफैसँग भनिन् ।

“आमा के भयो, के सोंचिरहनु भएको छ ?” -राजुले झकझकाउँदै भन्यो।

“मेरो बाबुले आफ्नो हजुरबाको लागि कति धेरै चिन्ता गर्दै छ भनेर सोंचिरहेकी नि ।” -पार्वताले राजुलाई आफुतिर तान्दै भनिन् ।

“अब त भन्नु हजुर बा कहिले आउनुहुन्छ ?”- राजु आफ्नै अडानमा थियो ।

“छिट्टै आउनु हुन्छ । उहाँ देश र जनताको लागि गणतन्त्र लिन जानुभएको छ । तिमीले चिन्ता नगर उहाँ छिट्टै गणतन्त्र लिएर आउनुहुन्छ ।”
-राजुको जिद्धीको अगाडि पार्वता झुकिन् ।

“आमा अचेल हाम्रो देशमा के तन्त्र छ ?” -राजुले आमातिर हेर्दै भन्यो।

अहिले भने पार्वताले निशब्द राजुलाई हेरिरहिन् ।

०००
दाङ, घोराही- १८
१३-०२-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x