साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मभूमि साहित्य समाजकाे ३५ औं शृङ्खला सिद्धिचरण श्रेष्ठ विशेष

संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुन सभापति तथा युग कविका सुपुत्र रविचरण श्रेष्ठको प्रमुख, प्रा डा गोपाल भण्डारी र डा. फणीन्द्र निरौलाले विशेष आतिथ्यमा हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौ २०८१ जेठ २० । जन्मभूमि नेपाल साहित्य समाजले युगकवि सिद्धिचरण श्रेष्ठको ३३औं स्मृतिको अवसरमा ३५औँ शृङ्खलाको कवि गोष्ठी सम्पन्न भयाे ।

संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुन सभापति तथा युग कविका सुपुत्र रविचरण श्रेष्ठको प्रमुख, प्रा डा गोपाल भण्डारी र डा. फणीन्द्र निरौलाले विशेष आतिथ्यमा हुनुहुन्थ्यो ।

त्यसैगरी संस्थाका संरक्षक प्रयागराज वाशिष्ठ, संरक्षक ओमप्रसाद कोइराला, संस्थाका सल्लाहकार डाक्टर कृष्णप्रसाद भट्टराई, राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी, भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने, त्रिज्याेति विद्यालयका प्रधानअध्यापक गणेश मिश्र, हास्य कलाकार सुबोध गौतम, गङ्गबु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइँकेल, विनोद दाहाल वत्स, मुकुन्दराज दाहाल, गिरिराज सुवेदी, चन्द्रा न्यौपाने, सुशीला शर्मा धमाला, सावित्री अधिकारी अतिथि रहनुभएको थियो ।

युगकविको स्मृतिमा १ मिनेट मौनधारण गरि श्रद्धा अर्पण गर्दै शुभारम्भ गरिएको कार्यक्रममा प्रयागराज वाशिष्ठले युगकविले १९८४ मा लेखेको कविता वाचनसँगै पाहुनालाई स्वागत गर्नुभएको थियो ।

त्रिज्वोति मा विका छात्राहरू अध्यता चालिसे, राधा पोखरेल, अग्रता नेपाल, कृष्णा पोखरेल, श्रेया पोखरेल र जयश्री अर्यालले अत्यन्तै सुन्दर कविता वाचन गरेका थिए । उनीहरूलाई संस्थाले कलम र प्रमुख अतिथिको तर्फबाट पुस्तक उपहार प्रदान गरिएको थियो ।

त्यसपछि कविहरू विनोद दाहाल वत्स, सावित्री अधिकारी, सुशीला शर्मा धमाला, खडानन्द लुइँटेल , गिरीराज सुवेदी, चन्द्रा न्यौपाने, ओमनरहरी श्रेष्ठ, गणेशराज मिश्र, सुबोध गौतम, बिमला कोइराला चालिसे, ओमप्रसाद कोइराला ,दुर्गा अधिकारी भमर्कोटे,मुकुन्दराज दाहालले कविता वाचन गर्नुभएको थियो ।

त्यसैगरी साहित्यिक पत्रकार निबन्ध आचार्य, प्रणव भट्टराई, केदारप्रसाद भट्टराई, खिलानाथ भट्टराई दर्शक स्रोताका रूपमा कार्यक्रमलाई उत्साह दिनुभएको थियोे । प्रयागराज भट्टराईका सम्पूर्ण परिवारको तर्फबाट कार्यक्रमको चिया खाजा चिसो मोही फलफूल समय समयमा दिएर पाहुनालाई भव्य सम्मान गर्नुभएको थियो ।

प्रा डा गोपाल भन्डारी र डा. फणीन्द्र निरौलाले युगकविका विविध संस्मरण सुनाउनु हुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियोे । सल्लाहकार डाक्टर कृष्णप्रसाद भट्टराईले युगकविले आफूलाई उत्साह प्रदान गरेको प्रसङ्ग उल्लेख गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रमुख अतिथि रविचरण श्रेष्ठले जन्मभूमि नेपाल साहित्य समाजले गरेको यो कार्यक्रमबाट अत्यन्तै प्रसन्न भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा सिद्धीचरण प्रतिष्ठान र जन्मभूमि नेपाल अझै नजिक भएर जाने इच्छा व्यक्त गर्नुभएको थियोे ।

अध्यक्ष डिल्लीप्रसाद मूलतिहुनले जन्मभूमि नेपाल साहित्य समाजले गर्दै आएका गतिविधि र आगामी दिनमा दिने निरन्तरताका बारेमा प्रकाश पार्दै रचना वाचनकासाथ कार्यक्रमको समापन गर्नुभएको थियो ।

कार्यक्रम संस्थाकी सचिव इन्दु अंशुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम जन्मभूमि नेपाल साहित्य समाजका संरक्षक प्रयागराज वाशिष्ठ्को निजी पुस्तकालय बुढानिलकण्ठ न पा वडा नं १२ कपन फैकामा भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x