साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

बाबाका शुभ साथमा हरघडी रम्दै बितेका पला । बाबाका इतिहासमा रुमलिँदै हुन्छिन् सबैकी भला ।। के हो प्रेम बुझाउने सकलमा अस्तित्वकी कारणी । आमा अक्षर हुन् अनन्त सपना साकार पार्छिन् यिनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

आमाको जब हुन्छ सात्त्विकपना संसार फुल्ने छ यो ।
आमाको बलबाट सृष्टि थलमा फैलेर झुल्ने छ यो ।।
स्वर्गानन्द दिलाउने सकल यी सन्तानमा आतुर ।
आमाका अघि सत्यमात्र रहँदा भाग्छन् सबै आसुर ।।१

आमाका सपना फलाउन सके बन्छन् धुरा पाखुरा ।
लागौँ है श्रम गर्न आज अहिले छन् उम्रिने आँकुरा ।।
त्यागिन् लालच रूप यौवन सबै सन्तानका खातिर ।
आमाको लिनुपर्छ आसिक सधैँ थापेर आफ्नो शिर ।।२

संसारी नित दु:खमा सहजता पार्छिन् स्वयम् सल्किँदै ।
बन्छिन् धीर सुखान्तनिम्ति जननी क्रोधाग्नि फाली सधैँ ।।
हुर्क्यौँ दुग्ध पिएर सन्तति सबै कर्तव्य ठान्छिन् यिनी ।
गर्दा पालन बोझ थप्न मनमा ठानेर हिँड्छिन् यिनी ।।३

आमा वृक्ष बनेर मिष्ट फलका पीयूष बाँड्छिन् घना ।
आमाका गहमा सदैव रहने सन्तान हुन् सान्त्वना ।।
हाम्रा जीवनका सुयोग्य सपना साकार पार्ने हुँदा ।
हामी धन्य सशक्त सन्तति भयौँ आमा सखी पाउँदा ।।४

बाबाका शुभ साथमा हरघडी रम्दै बितेका पला ।
बाबाका इतिहासमा रुमलिँदै हुन्छिन् सबैकी भला ।।
के हो प्रेम बुझाउने सकलमा अस्तित्वकी कारणी ।
आमा अक्षर हुन् अनन्त सपना साकार पार्छिन् यिनी ।।५

०००

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x