साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्याैली :: पाँच खित्कौलीहरु

देखेनौ, बाटोको दायाँ-बायाँ, खेत-बारी सबै ठाउँ सूर्ती र गुट्खाको खोस्टाले ढाकेको ? त्यो पनि त विकासै हो।

Nepal Telecom ad

अमर अधिकारी :

१.
श्रीमान-श्रीमती बजार गएछन्।
श्रीमतीः साहुजी ! तितेकरेला र चिप्लेभिण्डी किलोको कति कति पर्छ ?
साहुः असी असी
श्रीमान्ः टर्रो अमलाको भाउ के हो नि ?
श्रीमतीः अमला मात्रै भने भैगो नि ! किन टर्रो जोड्नुपर्यो ?
श्रीमान्ः तिमीले तीते र चिप्ले भन्न हुने, मैले टर्रो भन्न नहुने ?

00

२.
छिमेकीः कतातिर हो सदस्यज्यू हतारिँदै ?
वडा सदस्यः वडा कार्यालयमा बैठक बस्दैछ रे, त्यतै जाँदैछु ।
छिमेकीः ए ! भनेपछि बैठक अहिलेसम्म उठिराख्यारहेछ !

00

३.
बलवीरः कसले भन्छ गाउँमा विकास भाछैन भनेर ?
वीरबलः के छ र त्यस्तो देखिनेखालको विकास ?
बलवीरः देखेनौ, बाटोको दायाँ-बायाँ, खेत-बारी सबै ठाउँ सूर्ती र गुट्खाको खोस्टाले ढाकेको ? त्यो पनि त विकासै हो।

00

४.
(श्रीमान् साग किनेर ल्याई भान्सामा बसेर केलाउँदै)
श्रीमतीः हिजो त साग केलाउँदा पात पात मात्रै छुट्याउनुभाथ्यो, आज डाँठ समेत पकाउने गरि छुट्यानुभा छ त ?
श्रीमान्ः हिजो मुठाको पच्चीस रुप्पेमा पाएको थिएँ, आज बढेर दोब्बर भएछ, त्यै भएर पैसा परेको डाँठ किन खेर फाल्नु ?

00

५.
आमाः किन हो छोरी हस्याङफस्याङ गर्दै कोठा सफा गर्न लागेको ?
छोरीः सासू आउनुअघि कोठा सफा गर्नुपर्यो भनेर नि आमा !
आमाः बिहे नभएकी छोरीको को परेछ सासू ?
छोरीः साबित्रा र सुशिला। ती दुबै मेरा साथी हुन् क्या आमा ! हतार भएकाले साबित्रालाई सा. र सुशीलालाई सु. भनेकी हुँ क्या …. ।

०००
बुढानिलकण्ठ, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x