साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व सङ्गीत दिवसमा विशेष साङ्गीतिक कार्यक्रम

त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठ हुनुहुन्थ्याे ।

Nepal Telecom ad

उदयपुर, ०८१ असार ७ । उदयपुरकाे गाईघाटमा शुक्रबार त्रियुगा सङ्गीत विद्यालयले शुक्रबार एक विशेष साङ्गीतिक कार्यक्रमकाे आयाेजना गरि विश्व सङ्गीत दिवस मनाएकाे छ ।

त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले सङ्गीत समाजकाे मनाेरञ्जनकाे साधन मात्र नभएर जीवन यापनकाे साधन समेत र अहिले व्यवसायिक रुपमा पनि सङ्गीतलाई लिइएकाेले यसकाे महत्व बढ्दै गएकाे बताए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य माेहन खत्रीले मानव जीवनमा सङ्गीत सबैले मन पराउने र गाउँ घरमा भजन किर्तन तथा राेधी लगायतका कार्यक्रम पनि सङ्गीतकै पाटाे भएकाेले यसले समाज विकासमा तथा सांस्कृतिक विकासमा मद्दत पुग्ने बताउनु भयाे ।

साे कार्यक्रममा साहित्यकार तथा पत्रकार माधव पाेखरेल, जागेश्वर साह, मधुकर थापा, तुलसा पाेखरेल, भरत खड्का, देवराज काेइराला, हिरामान माेते लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयका भाइ बहिनीहरुले आधा दर्जन बढी गीत गाएर मनाेरञ्जन प्रदान गरेका थिए । तीन वर्षअघि देखि संचालनमा आएकाे त्रियुगा सङ्गीत विद्यालयले अहिले दैनिक ९६ जनालाई दुई सिफ्टमा निशुल्क रुपमा सङ्गीत प्रशिक्षण दिइरहेकाे छ भने कतिपय गृहिणीहरु पनि फुर्सदकाे समयमा सङ्गीत सिकिरहेका छन् ।

गाउँ घरका भजन किर्तन समूहमा आवद्ध भएका टाेलीहरु पनि यहाँ आएर मादल ढाेलक तबला हार्मानियम गितार तथा अन्य बाजाका साथै गीत गाउन समेत दक्ष हुँदै गएका छन् ।

०००
– माधव पाेखरेल गाेज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x