साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्य समाजकाे ७१अ‍ौं शृङ्खला सम्पन्न

मञ्जुश्रीका अध्यक्ष डा.बमबहादुर जितालीको अध्यक्षता, गोविन्द घिमिरे वेदमणिको प्रमुख आमन्त्रितत्वमा गङ्गा लिगलको विशेष उपस्थितिमा निम्न कविगणको उपस्थिति र प्रस्तुति रहेको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार ७ । मञ्जुश्री साहित्य समाजको ७१ अ‍ौं शृङ्खला विद्युतीय सञ्चारका माध्यमबाट सम्पन्न भएको छ ।

वीरबहादुर लोहनीको सञ्चालन, मञ्जुश्रीका अध्यक्ष डा.बमबहादुर जितालीको अध्यक्षता, गोविन्द घिमिरे वेदमणिको प्रमुख आमन्त्रितत्वमा गङ्गा लिगलको विशेष उपस्थितिमा निम्न कविगणको उपस्थिति र प्रस्तुति रहेको थियो ।

१.टेकबहादुर लौडारी- “वाल्मीकि धाई बने “शार्दूलविक्रीडितमा, २.बालकृष्ण सुवेदी- “सत्ता परिवर्तन” लोकलयमा, ३.लक्ष्मीप्रसाद मिश्र- गरें नमन… मञ्जुश्री साहित्य शुभकामना, चारु शृङ्गारिक “तिमीलाई पर्खीबस्ता जोवन मेरो गुर्कीसक्यो, तिम्रै नाममा रोप्या बिरुवा फल्नै नपाई हुर्कीसक्यो…”, फुर्कीसक्यो, सुर्कीसक्यो, मुर्कीसक्यो, खुर्कीसक्यो, काफियाहरूको प्रयोग, ४.चन्द्रावती अधिकारी-चारू “कर्म गर्छु मरीमेटी पगरीको आश छैन, झुपडी नै स्वर्ग मेरो महलको वास छैन”… रास छैन, तास छैन, दास छैन, खास छैन काफियाहरू प्रयुक्त, ५. दुर्गा अधिकारी भँवरकोटे- असारसँग सम्बन्धित सुसेलीहरू- धर्ती माताको गर्छु आज वर्णन अन्नदाताको …, ६.सूर्यकुमार पण्डित -“प्रेममा हुन्न रात्रि” मालिनीमा शृङ्गारभाव, शिष्ट शृङ्गार, ७. खोलाघरे साहिंलो- “असार” स्रग्धरामा, ८. सूर्यवदना पण्डित- गजल – यो चुनाव जित्नलाई मैले धेरै नाकाम गरें, खोला तरृें, बीउ छरें, स्वतन्त्रता सबै हरें, नाली बीच झरें, सास फेर्दाफेर्दै मरें, काफियाबद्ध ।

त्यसै गरी ९. गोमविक्रम-४ वटा विविध भावका मुक्तकहरू, १०.वीरबहादुर लोहनी- “असार महिना”असारे छन्दमा, ११. चन्द्रा नेउपाने-लाग्यो असार, रोपाईको हतार युवा कतार ” आमा लुकाऊँ म कहाँ” लोक लयमा,
१२. उत्तम भेटवाल- गजल योग सम्बन्धी पञ्चचामरमा,”म बस्छु नित्य ध्यानमा” छोड्छु, गोड्छु, मोड्छु, जोड्छु, तोड्छु, काफियाबद्ध, १३. गङ्गा लिगल-दुई लाइन जीवन सुन्दर फूल हो- हेर यो देशको माटो अति सुन्दर लाग्दछ… जननी जन्मभूमिश्च- र चारवटा मुक्तकहरू, १४.गोविन्द घिमिरे वेदमणि- असारे (काँठे) भाकाको दोहोरी, १५. डा. बमबहादुर थापा जिताली- ” लोकशक्तिको सङ्कल्प” लोकलयमा ।

प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको समीक्षा गर्नु भयाे । धेरै जनाले गर्नु नहुने विचार राख्तैआफ्नो सारगर्भित मन्तव्य दिनुभयो ।

कार्यक्रमको संक्षिप्त्त टिप्पणी खोलाघरे साहिंलोद्वारा गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष डा. जितालीले उपस्थित स्रष्टाहरूलाई आवश्यक सल्लाह दिंदै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

०००
– खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x