फित्काैली डटकमग्रीष्मकालिन कवि गाेष्ठी सम्पन्न
बूढानीलकन्ठ नगरपालिकाकाे वडा ३ मा आयाेजित ग्रीष्मकालिन कवि गाेष्ठी सम्पन्न भएकाे छ ।

काठमाडाैं, २०८१ असार ७ । बूढानीलकन्ठ नगरपालिकाकाे वडा ३ मा आयाेजित ग्रीष्मकालिन कवि गाेष्ठी सम्पन्न भएकाे छ ।
कार्यक्रममा रामबहादुर पहाडीकाे गजल वाचनसहित ग्रीष्मकालिन कवि गाेष्ठी सम्पन्न भएकाे हाे ।
नगर प्रमुख मिठाराम अधिकारीकाे प्रमुख आतिथ्यतामा वडा नं ३ का वडा सदस्य विकास तामाङ्ले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।
कार्यक्रममा स्थानिय वरिष्ट कविहरू नरप्रसाद धिताल, रघुनाथ पन्डित, वियाेगी बुढाथाेकी, श्रीश भन्डारी, ध्रुव खनाल, नवराज भन्डारी, राधाकृष्ण भन्डारीलगायतले कविता वाचन गर्नु भयाे ।
कार्यक्रममा साधुराम खड्काले नवीनतम् कृति “बाँकी के नै छ र” बाट एक “काठमाण्डौंमा” शीर्षककाे कविता पहिलाेपटक वाचन गर्नु भएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest





































