साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजको ९० अ‍ौं रचनावाचन कार्यक्रम

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता, भक्तपुर बुढ्यौली समाजका अध्यक्ष कविराज घिमिरे प्रमुख आमन्त्रित रहनुभएको एवं छत्रभूषण दाहाल, शीतल गिरि, एन बी जनकपुरी विशेष आमन्त्रित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार ८ । मनोहरा साहित्य समाजको ९० अ‍ौं रचनावाचन कार्यक्रम सम्पन्न भएकाे छ । ग्लोबल पब्लिक स्कूल, पेप्सीकोला, टाउनप्लानिङमा सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता, भक्तपुर बुढ्यौली समाजका अध्यक्ष कविराज घिमिरे प्रमुख आमन्त्रित रहनुभएको एवं छत्रभूषण दाहाल, शीतल गिरि, एन बी जनकपुरी विशेष आमन्त्रित हुनुहुन्थ्यो ।

भावकेशर बरालको सहजीकरण रहेको यो काव्यसभामा रचनावाचन गर्ने स्रष्टाहरूमा- १) डिल्लीराज अर्याल- स्वागतमन्तव्य र कविता” फर्केर आऊँ घर ?” शार्दूलविक्रीडित, २) कृष्णप्रसाद पौडेल -“मान्छे” शार्दूलविक्रीडितमा, ३)उषा बस्ताकोटी खनाल- “निशाको अनुनय” प्रकृतिको मानवीकरण गरिएको कलापूर्ण कविता, शिखरिणीमा, ४. प्रेमनाथ घिमिरे – “गणतन्त्र नाम मात्रै ” मुक्त लयमा, कडा व्यङ्ग्यात्मक भाव, ५.शारदा पराजुली – अति सुन्दर असारे भाकाको गायन, ६.च्यवनचन्द्र बस्नेत- ” म खै त ?” मुक्तलयको कविता, ७.विद्या अनामिका तिवारी -“चिन्तन” शार्दूलविक्रीडितमा, ८. सूर्यप्रसाद डुम्रे-” बूढो बरको रुखसँग मैले गरेको गुनासो” मुक्तलयमा, ९.भावना नेउपाने-वृद्धाश्रमबाट आमाको “छोरालाई”, १०. बुद्धिसागर पौड्याल- गीत “उमेर गयो ..” सुमधुर गायन प्रस्तुत भए ।

त्यसै गरी ११.-छत्रभूषण दाहाल- शुभकामना मन्तव्य -साहित्य सर्वोपरि हो भन्ने आशय, १२. सरिता घिमिरे -” थालमा खुशीको ब्रह्माण्ड ” मुक्त लयको कविता, १३. धरणी धनञ्जय – गजल – म रोएँ मलाई रुवायौ तिमीले रिसाएँ भने म फकायौ तिमीले…, १४.नूरदेव खनाल- सभ्य श्रोता, १५.अच्युतराज गौतम- सभ्य श्रोता १६. शीतल गिरी- छोटो मीठो सम्बोधनमा स्पष्टवादीता,सत्य लेखनमा जोड,साहित्यमा खेलबाड गर्नुहुन्न, १७.भालचन्द्र भण्डारी -“विरेन्द्रको सम्झनामा” शार्दूलविक्रीडितमा १८. छविलाल अधिकारी-“आमा” शिलोके लयमा, १९. चन्द्र मादेन ” समुद्र” मुक्त लयको कविता बिम्बमय, २०. डी बी पालुङ्वा-गीत “चाउरिएक‍ो मरीच भएको छु, तरुलमा फूल र पात रहेन बाँकी बूढो रूखजस्तो भएको छु प्रस्तुत भए ।

त्यसैगरी २१. निशा नेउपाने तिम्सिना-कृष्णशरण उपाध्यायको रचना वाचन- कसरी नष्ट गरूँ मैंले… भक्ति भावको कविता मात्रिक छन्दमा, २२. तोयानाथ सुवेदी “जिन्दगी ” भुजङ्गप्रयातमा- जीवन धान्न गर्नु परेका कठिनाई र संघर्षहरू, नाटकजस्तो जिन्दगी, २३. विजया बस्नेत-गजल सगरबाट जून तारा झारीदिन्छु, भन्नेले, हारिदिन्छु, तारिदिन्छु, पारिदिन्छु आदि काफियाबद्ध, २४.एन पी पाण्डे -सुमधुर देउडा वाचन र गजल- मात मीठो लाली ओठको नशा नयनको…, मजा नयनको, कथा नयनको, धोका नयनको …,२५.सञ्जय सोती- “प्यालेष्टाइनीहरूप्रति” मुक्त लयको कविता, २६. बीनन्द वैद्य -“हे माया खोज्ने मान्छे” गीत, २७. विष्णुदत्त भट्ट- “बुढेसकालको बर्को” मुक्त लयमा, २८.राधा आचार्य भट्ट- सभ्य श्रोता, शुभकामना, योग र ज्येष्ठ नागरिकको प्रसङ्ग, २९. खोलाघरे साहिंलो- “असार” स्रग्धरामा, ३०. सरिता तिमिल्सिना- असार- अनुष्टुप्मा, ३१.घनश्याम प्रसाईं- “सबै जुट्नुपर्छ” लोकलयमा, ३२. गङ्गाप्रसाद भेटवाल- “हेराइ” अनुप्रासीयता अवलम्बन भएको, ३३.दीपक श्रेष्ठ- “असार” लोकलयमा, ३४. भावकेशर बराल- “असार १५” मुक्त लयमा, ३५. एन बी जनकपुरी- रामबहादुर पहाडीको रचना गजलवाचन गरिएका थिए ।

प्रमुख आमन्त्रित कविराज घिमिरेले -सम्बोधनमा हलमा शान्ति हुनुपर्छ, रचनामा नौलोपना चाहिन्छ, छोटा मीठा रचना वाचन गरिनु राम्रो हो, आफ्नो व्याख्या आफैं नगर्नू, ” तिता भावना छन्” कविता २ पद्य वाचन भुजङ्गप्रयातमा प्रस्तुत भएपछि  जशध्वज गुरुङ- २ वटा मुक्तक र सधन्यवाद दिएर सभा विसर्जन गरिएकाे थियाे । ।

०००
-खाेलाघरे साहिँलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x