साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दयात्राका पुरस्कार वितरण र कविता वाचन

इन्दु केसीको सभापतित्व, कलानिधि दाहालको प्रमुख आमन्त्रित आतिथ्य, शेखरप्रसाद ढुङ्गानाको विशिष्ठ आतिथ्य, संस्थाका संस्थापक अध्यक्ष हरिमञ्जुश्रीकाे समुपस्थिति थियाे ।

Nepal Telecom ad

काठमाडाैं २०८१ असार १४ । शब्दसागर तीर्थ नीकण्ठेश्वर धाम बनेपा काभ्रेमा इन्दु केसीको सभापतित्व, कलानिधि दाहालको प्रमुख आमन्त्रित आतिथ्य, शेखरप्रसाद ढुङ्गानाको विशिष्ठ आतिथ्य, संस्थाका संस्थापक अध्यक्ष हरिमञ्जुश्री र यसका अर्का संवाहक छत्रपति दाहालद्वयका सटिक उद्घोषणमा कार्यारम्भ भयो।

केदार तिमल्सिनाले रुद्राक्ष पहिराएर अतिथिलाई स्वागत गरेपछि दीपोज्वलन र शब्दयात्रा गान एवं राष्ट्रिय गान सम्पन्न भए। पुरस्कार स्थापक शेखरप्रसाद ढुङ्गानाका दिवङ्गत मातापितामा पुष्पाञ्जली अर्पणपश्चात् उनीहरूकै नाम-“विद्यावती कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति”अन्तर्गत कृष्ण कुइकेलको स्वागत मन्तव्य लगत्तै विविध विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसमेतलाई सम्मान/पुरस्कार वितरण गरिए।

दोस्रो चरण अन्तर्गत”शब्दयात्रा” शीर्षक जो पहिले नै सूचित थियो कवितावाचन भए। वाचक कविहरूमा-
इन्दुल केसी, केदारनाथ तिमल्सिना, गोविन्दबहादुर खड्का, नवीना श्रेष्ठ(वाचक छत्रपति दाहाल), जयनारायण नेपाल, जुमनकिरण, ढुण्डीराज पोख्रेल, पदम दाहाल, देवकुमारी न्यौपाने(वाचक हरिमञ्जुश्री) थिए ।

त्यसैगरी प्रकाश निर्मलजी! (प्रकाश उज्वल परेवा), शिव वञ्जरा (छत्रपति-वाचक), पुण्यवती घले, पूर्णवहादुर कार्की, भवानी पाण्डे, मच्छेश्वर सापकोटा, शारदाप्रसाद शर्मा (पदम दाहाल-वाचक), श्रीराम पौडेल, कालिका त्रिपाठी पन्त, सहदीप पलाञ्चोके, राजेन्द्रप्रसाद भट्टराई (हरिमञ्जुश्री-वाचन,संस्कृत), छत्रपति दाहालसमेत वाचनमा सरिक भएका थिए ।

कलानिधि दाहालले चाहिँ मन्तव्य, वाचनसँगै कार्यक्रम समापनको खबर गर्दा टपक्कै चार बजेछ ठिक एक बजे सुरु भएको कार्यक्रम।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x