फित्काैली डटकमसुरभिको १६२ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानकै संरक्षक एवम् वरिष्ठ समालोचक युवराज मैनाली हुनुहुन्थ्यो ।

काडमाडौँ, २०८१, असार १५ । सुरभि साहित्य प्रतिष्ठानको १६२ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानकै संरक्षक एवम् वरिष्ठ समालोचक युवराज मैनाली हुनुहुन्थ्यो भने विशिष्ट अतिथि समाजसेवी दीपकसिंह भण्डारी हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा अच्युत चालिसे र गोपीराम भण्डारी हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराजुलीको स्वागत मन्तव्य र लघुकथा वाचनबाट सुरु भएको यस कार्यक्रममा सुशील आचार्य, गोपीराम भण्डारी, शारदा पराजुली, सरिता घिमिरे र बाजुराम पौडेलले कथा लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अथिति दीपकसिंह भण्डारीले सुरभिको कार्यको प्रशंसा गर्दै अध्यक्षको बहुप्रतिभाको कदर हुनुपर्ने कुरा उठाउनुभएको थियो । उहाँलेसमालोचनाले साहित्यको वास्तविकता देखाउने कुरा पनि गर्नुभयो ।
प्रमुख अतिथि युवराज मैनालीले कथाको समीक्षात्मक टिप्पणीसहित सुरभि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका मासिक पत्रिका सुलेखको जीवनी अङ्कको सकारात्मक टिप्पणी आएको कुरा गर्दै यस प्रतिष्ठानका लागि कुनै पनि कार्य गर्नुपर्दा सधैँ साथ दिने वचन दिनुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यले गर्नुभएको थियो । उहाँले कार्यक्रमको सञ्चालनका साथै वाचित कथाहरूको सामान्य समीक्षा पनि गर्नुभएको थियो ।
०००
– परशुराम पराजुलीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































