फित्काैली डटकमराष्ट्रिय सुसेली फाउन्डेसनको घोषणा
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि कविहरू तथा अतिथि कविहरूले सुसेली फाउन्डेसनको नाममा सुसेलीले औपचारिकता पाएकोमा खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।

काठमाडाैं, २०८१ असार १५ । राष्ट्रिय सुसेली फाउन्डेसन नेपालको चवन्नौं तथा असार विशेष सुसेली वाचन/गायन सहित सुसेलीले औपचारिकता पाएको घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति दुर्गा अधिकारी भमरकोटेले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्टारको कार्यालयबाट प्राप्त प्रमाणपत्र वाचन गरी सुसेलीले सरकारी स्तरबाटै औपचारिकता पाएको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कवि सुशीला ढकाल अधिकारीले संचालन गर्नुभएको यो कार्यक्रममा वरिष्ठ कवि साहित्यकार कलानिधि दाहाल, डा. ठाकुरमोहन श्रेष्ठ र गंगा लिगल विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि कविहरू तथा अतिथि कविहरूले सुसेली फाउन्डेसनको नाममा सुसेलीले औपचारिकता पाएकोमा खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कवि साहित्यकार तथा संचारकर्मी दामोदर ढकाल दीपकले अब सुसेलीको भावी कार्यक्रमका विषयमा प्रकाश पार्नु भएको थियोे ।
असारको १५ गते र असार विशेष सुसेली कार्यक्रम भएको हुँदा सहभागी कविहरूले असार, धान दिवसका साथै दही चिउराको विषयसँग सम्बन्धित सुसेली वाचन/गायन गर्नु भएको थियो ।
उपस्थित कविहरू ललिता दोषी, चन्द्रा न्यौपाने, सुमित्रा श्रेष्ठ, जानुका थापा रायमाझी, सुचिता काफ्ले, रमा आचार्य, घनश्याम पौडेल, सविता वाग्ले, द्वारिका कुँइकेल, रामशरण न्यौपाने, वासुदेव ठकुरी, सुरेशचन्द्र घिमिरे, पुनम घिमिरे, कृष्ण केसी, कल्पना भट्टराई, लक्ष्मीप्रसाद मिश्र, विमला ढकाल समीक्षा, उत्तम भेटुवाल र रामप्रसाद अधिकारी हुनुहुन्थ्याे ।
सहभागी स्रष्टाहरूमा टार्दिक कृतज्ञता व्यक्त गर्दै सभापति भमरकोटेले सुसेलीले सधैं झै सबैको माया र सद्भाव प्राप्त गरिरहने विश्वासका साथ आफ्नो अमूल्य समय र गुणात्मक सुसेली रचनाले आज कार्यक्रमलाई भव्य र सभ्य तवरमा सम्पन्न गरी दिएकामा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयाे ।
उहाँले २०८१ साउन १९ गते साउन र वर्षा विशेष सुसेली वाचन हुने पच्पन्नौं कार्यक्रममा स्वागत गर्ने अवसर पाउनेछु भन्ने अपेक्षा राख्दै आफ्ना सुसेलीहरूसहित उपस्थित हुनुहुन अनुरोध गर्दै सभाको समापन गर्नुभएको थियोे ।
०००








































आज बधाई अघि बढ्नु सुसेली
सान बढाई ।