साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक

कृति लोकार्पण समाराेहमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या. रामेश्वर थापा रहेका थिए ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार १६ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोचक ज्ञानु अधिकारी, डा.अनन्त अधिकारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, कृतिकार प्रदीप सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्या. रामेश्वर थापाले प्रदीपजीमा यति ठूलो कला रहेछ भन्ने थाहा पाउँदा खुसी लागेको बताए । आफूले पुस्तकलाई अध्योपान्त पढ्ने र प्रतिक्रिया दिने भन्दै कृतिकारलाई उनले शुभकामना व्यक्त गरे ।

समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले कृतिकारको शिष्ट र शालिन व्यक्तित्व नियात्रामा पनि आएको उल्लेख गरे । कृति उत्कृष्ठ रहेको भन्दै उनले चाँडै दोस्रो संस्करण प्रकाशन हुन सकोस भन्ने शुभकामना व्यक्त गरे ।

वरिष्ठ नियात्राकार जय छाङछाले नियात्रा विधामा अहिलेसम्मको सबैभन्दा कान्छो कृतिका रुपमा प्रदीप सापकोटाको कृति आएको उल्लेख गरे । नियात्राहरु रोचक र पठनीय रहेको उनले बताए ।

अर्की समालोचक ज्ञानु अधिकारीले कृतिको सिंहावलोकन गर्दै ऐतिहासिक, धार्मिक, विकट स्थानका हिसाबले नियात्राहरु रोचक रहेको उल्लेख गरिन् । विगत २० वर्षको समयलाई नियात्रामा समेटिएको उनले बताइन् ।
कार्यक्रममा भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डा. अनन्त अधिकारी लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले हवाई जहाज चढेर गएपछि मात्रै नियात्रा लेख्नुपर्छ भन्ने भावना हाबी भएको बताए । नियात्रामा संख्या थपिए पनि गुणस्तर नआएको उनले बताए । गुणस्तरहीन लेखनले नियात्रा लेखनको विकासमा अवरोध पुर्याएको उनले बताए ।

लेखकीय मन्तव्य राख्दै नियात्राकार प्रदीप सापकोटाले आफू असल पाठक भएको उल्लेख गरे । नियात्रा लेखनमा भरखर सिक्दै गरेको उनले बताए ।कृतिमा १७ वटा नियात्रा रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा उपस्थितहरुलाई समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत गरेका थिए भने समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x