साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. मोहन जोशीलाई सम्मानित गर्दै कविगोष्ठी सम्पन्न

प्रा.डा गोविन्दराज भट्टराईद्वारा संयाेजन एवम् सञ्चालनमा अघि बढेकाे कार्यक्रममा योगेश्वर गौतमको पाणिनी महाकाव्यको साङ्केतिक चर्चा पनि भयो। कार्यक्रममा उम्दा कविताहरू वाचन गरिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असार १५ । अमेरिका बस्दै आउनु भएका डा. मोहन जोशीलाई सम्मानित गर्दै लब्धप्रतिष्ठित डेढ दर्जन कविता सुन्ने सुनाउने कार्यक्रम सम्पन्न भयाे ।

पुतलीसडकको ग्रीन लिफ रेष्टुराँमा डा.मोहन जोशीलाई डा.तुलसीप्रसाद भट्टराईले खादा ओढाएर सम्मानित गर्नु भएपछि उपस्थित सम्पूर्णको परिचयात्मक विवरण प्रस्तुत गरी वाचन कार्यक्रमको दोस्रो चरण सुरु भयो।

प्रा.डा. गोविन्दराज भट्टराईद्वारा संयाेजन एवम् सञ्चालनमा अघि बढेकाे कार्यक्रममा योगेश्वर गौतमको पाणिनी महाकाव्यको साङ्केतिक चर्चा पनि भयो।

कार्यक्रममा उम्दा कविताहरू वाचन गरिए । सुवास ढुङ्गेल, खगेश्वर गौतम, टेकनारायण ढकाल (मन्तव्य सहित), हरि गौतम (मन्तव्य), नरनाथ लुइँटेल (व्यङ्ग्य कविता), गोविन्दराज भट्टराई (पूरै उपस्थित व्यक्तित्वको विस्तृत परिचय प्रस्तुत), विष्णु एस् राई, बालकृष्ण माबहाङ् (मन्तव्य), अञ्जना वस्ती भट्टराई (मन्तव्य), अनिता कोइराला (मन्तव्य सहित कविता), विनिशा सापकोटा, भारती न्यौपाने, डा.मोहन जोशी, लक्ष्मण गाम्नागे, डा.कुमारप्रसाद कोइराला, अनिता पन्थी (लामो मन्तव्य), कल्पना दाहाल, रमा सुवेदी, डा.अम्बिका अर्याल (मन्तव्य), गान्धीराज काफ्ले (मन्तव्य), जीवन जीवन्त, योगेश्वर तिमल्सिना, कलानिधि दाहाल, गङ्गाप्रसाद भेटवाल, लेखनाथ गौतम, जय छाङ्छा (मन्तव्य), नारायण फुँयाललगायत सरिक थिए ।

सुधा भट्टराईकाे मन्तव्य सकिएपछि डा. तुलसी भट्टराईकाे विचाराेत्तेजक मन्तव्य सुनियाे चानचुन अठार मिनेट । उहाँकाे मन्तव्यसँगै कार्यक्रम समाप्त भएकाे घाेषणा गर्नुभयाे डा. गाेविन्दराज भट्टराईले ।

बिहान सवा आठ बजे शुरू भएकाे कार्यक्रम सकिँदा साढे एघार बजेको थियो र भव्य भोजन गरेर सबै सहभागी छुट्टभिन्न भएका थिए ।

०००
– कलानिधि दाहालकाे टिपाेट साैजन्य

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Yogendra Timilsina
Yogendra Timilsina
1 year ago

योगेश्वर तिमल्सिना भन्ने मानिस त्यहाँ उपस्थित भए झैं लागेन ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x