साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दयाराम श्रेष्ठ र भैरवबहादुर थापालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार

राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा समाजको कार्यालयमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेकाे हो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार २६ । प्रा. राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रथम पटक वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय भएको छ ।

राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा समाजको कार्यालयमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेकाे हो ।

वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. राजेन्द्र सुवेदीको स्मृतिमा उहाँको परिवारले दश लाख राशिको अक्षयकोष राखी यो पुरस्कार घोषणा गरेको हो ।

पुरस्कार आगामी साउन १९ गते राजेन्द्र सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिनेछ । पुरस्कारको राशि जनही २१ हजार रुपियाँको रहेको छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x