विश्वनाथ ढुङ्गेलबाबाप्रति आमाकाे माया
हटाेस् राेग भन्दाभन्दै गल्दै गए बाबा जब जीवन साथी भन्छिन् आमा कहाँ पाउँ मैले अब ।

विश्वनाथ ढुङ्गेल :
आँखा छन तिरीमिरी गार्हाे भाे देख्नलाई
बुढा भए बाबा आमा शक्ति छैन हेर्नलाई ।
जीवन सुस्त हुँदै गयाे गले हात पाउ चाप
गर्छन ईशारामा आई नजिक नबझ्ने बात ।
लडनु भयाे बाबा त अब राेग नदेख्ने घात
सकिँदैन केही गर्न बस्छाै बाबाकाे साथ ।
भाेगाई सहेर बाबा दायाँ बायाँ चल्दछन
झन हेर्याे झन दिन दिन बाबा गल्दछन ।
आमा छिन सजिलाे छ बाबाकाे हेरबिचार
ईनैहुन् घरकी लक्ष्यबवर्ति गर्छिन् स्याहार सुसार ।
भन्छिन् मेराे हृदय रहेसम्म पाउ म पर्दछु
मेरा स्नेही मायाका लागि सेवा म सधै गर्दछु ।
बाबा गल्दै गएका छन् आमा मुर्छित हुन्छिन
छाैँ हामी सन्तति भन्छाै मनले नमानि रुन्छिन ।
सारथि बाबा आमा घरकाे वयान म के गरुँ
हुर्काई बडाई पढाए भन्थे ज्ञानकाे थैलाे बढाउँ ।
बाबाका गति देखेर आमा रुन्छिन् धरधरि
किन यस्ताे दुख दियाै प्रभु भन्छिन् कठै बरी ।
बाबाका बाेलिले झनझन आघात हुँदै गयाे
दैव लाठी बर्षि आयाे आज के भयाे के भयाे ।
दुख किन दिईस दैब भन्छिन् राेई आमा फेरि
सङ्गै प्राण गए नि जान्छु मुख बाबाकाे हेरी ।
हटाेस् राेग भन्दाभन्दै गल्दै गए बाबा जब
जीवन साथी भन्छिन् आमा कहाँ पाउँ मैले अब ।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































