साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाप्रति आमाकाे माया

हटाेस् राेग भन्दाभन्दै गल्दै गए बाबा जब जीवन साथी भन्छिन् आमा कहाँ पाउँ मैले अब ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

आँखा छन तिरीमिरी गार्हाे भाे देख्नलाई
बुढा भए बाबा आमा शक्ति छैन हेर्नलाई ।
जीवन सुस्त हुँदै गयाे गले हात पाउ चाप
गर्छन ईशारामा आई नजिक नबझ्ने बात ।

लडनु भयाे बाबा त अब राेग नदेख्ने घात
सकिँदैन केही गर्न बस्छाै बाबाकाे साथ ।
भाेगाई सहेर बाबा दायाँ बायाँ चल्दछन
झन हेर्याे झन दिन दिन बाबा गल्दछन ।

आमा छिन सजिलाे छ बाबाकाे हेरबिचार
ईनैहुन् घरकी लक्ष्यबवर्ति गर्छिन् स्याहार सुसार ।
भन्छिन् मेराे हृदय रहेसम्म पाउ म पर्दछु
मेरा स्नेही मायाका लागि सेवा म सधै गर्दछु ।

बाबा गल्दै गएका छन् आमा मुर्छित हुन्छिन
छाैँ हामी सन्तति भन्छाै मनले नमानि रुन्छिन ।
सारथि बाबा आमा घरकाे वयान म के गरुँ
हुर्काई बडाई पढाए भन्थे ज्ञानकाे थैलाे बढाउँ ।

बाबाका गति देखेर आमा रुन्छिन् धरधरि
किन यस्ताे दुख दियाै प्रभु भन्छिन् कठै बरी ।
बाबाका बाेलिले झनझन आघात हुँदै गयाे
दैव लाठी बर्षि आयाे आज के भयाे के भयाे ।

दुख किन दिईस दैब भन्छिन् राेई आमा फेरि
सङ्गै प्राण गए नि जान्छु मुख बाबाकाे हेरी ।
हटाेस् राेग भन्दाभन्दै गल्दै गए बाबा जब
जीवन साथी भन्छिन् आमा कहाँ पाउँ मैले अब ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x