साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य चौतारी झापाको रजत जयन्तीमा दर्जन स्रष्टा सम्मानित

खुला प्रतियाेगितामा दैलेखका कवि दीपिन सिजापति प्रथम, डोटीका कवि डिलबहादुर महरा द्वितीय र पोखराका कवि ऋषिकेश बराल तृतीय तथा अजय वैरागी सान्त्वना पुरस्कारबाट पुरस्कृत ।

Nepal Telecom ad

झापा, २०८१ असार ३१ । साहित्य चौतारी झापाले आदिकवि भानुभक्तको २११ औं जन्मजयन्ती तथा साहित्य चौतारीको रजत जयन्तीको कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा विभिन्न स्रष्टा तथा विद्वान व्यक्तिहरुको अभिनन्दन तथा सम्मान गरिएकाे थियाे ।

चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, ललित कला प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीको प्रमुख आतिथ्य, प्रसिद्ध गायक शान्ति ठटाल, लक्ष्मी जोशी, प्रा.डा.टङ्क नेउपाने, प्रसिद्ध कवि कुन्ता शर्मा, प्रसिद्ध पत्रकार नकुल काजी, प्रसिद्ध कलाकार इञ्जिनियर विक्रमश्री, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, कलाकार अनुराधा थापा, मनु मञ्जिल, शिवशङ्कर थापालाई मञ्चमा आसिन गराएर कार्यक्रम अघि बढेकाे थियाे ।

प्रसिद्ध विशिष्ट अतिथिहरुलाई रथारोहण समेत गराइएको थियाे । शान्ति ठटाल, लक्ष्मी जोशी, प्रा.डा. टङ्क नेउपाने, नकुल काजी, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, कुन्ता शर्मा, मनु मञ्जिल, अनुराधा थापा, विक्रमश्री आदिलाई सम्मान गरिएको थियो ।

देशव्यापी कविता प्रतियोगिता गर्ने सन्दर्भमा लिइएका सयबढी कवितामध्ये जाँचकीले छानेर उत्तम १० कविता छुट्याएको थियो । ती १० कविताका कविहरुलाई कविता वाचन गर्न लगाएर मूल्याङ्कन गर्दा दैलेखका कवि दीपिन सिजापति प्रथम, डोटीका कवि डिलबहादुर महरा द्वितीय र पोखराका कवि ऋषिकेश बराल तृतीय तथा अजय वैरागी सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनुभयो ।

अभिनन्दित तथा पुरस्कृतमध्ये प्राडा टङ्क नेउपाने, लक्ष्मी जोशी, कुन्ता शर्मा, मनु मञ्जिलले संक्षिप्त भनाइसँगै लक्ष्मी जोशीले गीत गाउनुभयो भने कुन्ता र मनुले एक एक कविता सुनाउनु भयो ।

दार्जिलिङ तथा सिलगढीबाट ४० जनाभन्दा बढी स्रष्टा साहित्यकारहरु उपस्थित रहनुभएको सो कार्यक्रममा झापाका अधिकांश साहित्यकारहरु उपस्थित थिए ।

कार्यक्रममा अढाईसय बढी स्रष्टासर्जकको उपस्थिति थियो । बीचबीचमा रमाइला नृत्यहरू पनि प्रस्तुत गरिएका थिए ।

०००
– पुण्यप्रसाद खरेलकाे साैजन्यताबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x