साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सव

चारु साहित्यको उन्नयन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चारुकारलाई सम्मान गरिएको छ।

Nepal Telecom ad

तनहुँ, २०८१, असार ३१ । २११औं भानु जयन्ती तथा चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सबका अवसरमा आयोजित दुई दिवसीय कार्यक्रममा नेपाल, भारत, जापान, बेलायतमा बसेर गजल शुद्धीकरण अभियान अन्तर्गत चारु साहित्यको उन्नयन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चारुकारलाई सम्मान गरिएको छ।

सो अवसरमा २७ जना विशिष्ट चारुकारलाई चारु एम्बेस्डर सम्मान, ५४ जना चारुकारलाई आदिकवि भानुभक्त आचार्य चारु सम्मान, यो वर्ष चारु सङ्ग्रह प्रकाशित गर्ने पी एस यादव दिल्ली, महेश मार्सेली सिराहा र ज्ञान प्रकाश उपाध्याय संभल उत्तरप्रदेशलाई चारु प्रवीण पदक र नगद पुरस्कार, चारु गीत लेख्ने चारुकार लक्ष्मीप्रसाद मिश्र लमजुङ र चारु गीत गाउने गायिका बबिना भट्टराईलाई नगद पुरस्कार सहित चारु सम्मान प्रदान गरिएको थियो।

समारोहमा चारु प्रतिष्ठानले डा. घनश्याम न्यौपाने “परिश्रमी” लाई मनु ब्रजाकी चारु सम्मान र गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीलाई नेपाल भारत सेतु चारु सम्मान प्रदान गरेको छ।

ती सबै पुरस्कार र सम्मान भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, भानु विकास समितिका अध्यक्ष ऋषिराम पन्त र कार्यकारी निर्देशक शंकर रानाभाट र चारु प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थीको हातबाट प्रदान गरिएको थियो।

०००
– रेणुका भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x