साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि निमेष निखिललाई लोककवि साहित्य सम्मान

संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेकोले यो वर्ष पनि लोककविको ११३औँ जन्मजयन्तिको अवसरमा सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

Nepal Telecom ad

मकवानपुर, ०८१ साउन ३ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१’ द्वारा सम्मानित हुनुहुने भएको छ । नेपाल भाषा खलः मकवानपुरद्वारा वर्ष २०८१ का लागि निखिललाई सम्मान गरिन लागिएको हो ।

यसअघि सो पुरस्कार दाना कविताका पहिलो सर्जक तुल्सी थापा (हाल स्वर्गीय) लाई प्रदान गरिएको थियो । साथै संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेकोले यो वर्ष पनि लोककविको ११३औँ जन्मजयन्तिको अवसरमा सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

प्रतियोगितामा भने प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार र सान्त्वना ३ हजार राशि रहेको आयोजकले जानकारी दिएको छ । श्रावण ५ गते प्रतियोगिताका क्रममा प्रदान गरिने सम्मानका सम्बन्धमा निखिल लेख्नुहुन्छ-
“मकवानपुरको माटोमा जन्मिएर लोककविको उपाधि प्राप्त गणेशलाल श्रेष्ठको स्मृतिमा स्थापित ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१’ का लागि मलाई योग्य सम्झने नेपाल भाषा खलः मकवानपुर तथा छनोट समितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

मकवानपुरे माटोमा साहित्यको बिउ रोप्ने व्यक्ति तथा यस जिल्लाबाट पहिलो किताब प्रकाशन गर्ने अगुवा व्यक्तित्वको सुनाममा स्थापित तथा यसपूर्व आदरणीय तुल्सी थापा जस्ता विराट् व्यक्तित्वलाई समर्पण गरिएको यो सम्मान पाउनु मेरा लागि गौरवको विषय हो ।

यस अवसरमा मप्रति शुभभाव व्यक्त गर्नुहुने सबै श्रद्धेय अग्रज, समकालीन साथीहरू एवम् प्रियजनहरूमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । जिम्मेवारी बढेको अनुभव भएको छ । यहाँहरूको आत्मीयता, प्रेम र विश्वास नै मेरो जीवनको अक्षय कमाइ हो । यसलाई सदैव जोगाइरहन सकुँ ।”

निखिलका ‘मनहरूको परिसर’, ‘उमेरको नदी’ र ‘शोकगीतको पोस्टमार्टम’ गरी कूल ३ कृतिहरू प्रकाशित छन् ।

गणेशलाल श्रेष्ठबारे केही जानकारीः
मकवानपुरको भीमफेदीमा वि.सं. १९६८ मा जन्मिनु भएका श्रेष्ठ कवि, सङ्गीतकार तथा समाजिक अभियानकर्मीको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली भाषाका साथसाथै नेपाल (नेवारी) र तामाङ भाषामा समेत साहित्य सिर्जना गर्ने श्रेष्ठका ‘मेरा दुई पुष्पाञ्जली’, निफ्वः स्वाँ, लोकह्वागु म्ये मुना लगायतका गीति सङ्ग्रह प्रकाशनमा रहेका छन् ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x