साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १७७ औं श्रृङ्खला मुक्तक विशेष काव्य गोष्ठी

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ साउन ४ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७७ औं श्रृङ्खला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै शेरचनले मुक्तक आफैमा श्रुतिमधुर कला हो, सबैले मन पराउवे संप्रेषणीय विधा हो भन्नु भयो । उहाँले अचेल मुक्तक गजल जस्तो बन्दै गएको छ यो आफ्नै सूत्रमा लेखिनु पर्छ भन्नु हुँदै मैले मुक्तक पनि शीर्षक दिएर लेख्ने गरेको छु भन्दै आफ्ना मुक्तक सुनाउनु भएकाे थियाे ।

डा देवी पन्थीले नेपाली साहित्य ज्यादै फराकिलो बन्दै गएको छ नेपालमै जन्मेका कविताका लघुत्तम स्वरुपहरु चारू, खोरिया, पन्चाङ्ग, सुसेली आदि विधाहरुमा कलम चलाउनेको संख्या विश्वव्यापी बन्दै गइरहेको छ भन्नु हुँदै चारुको बारेमा बिस्तृत जानकारी गराउँनु भयो ।

कार्क्रममा विशिष्ठ अतिथि डा हिमलाल श्रेष्ठ,डा ठाकुर मोहन श्रेष्ठ, ललिता दोषी, गुप्तबहादुर श्रेष्ठले मुक्तक लेखनका धर्मादेशको जानकारी दिँदै चसाप्रनेको १७७ औं श्रृङ्खलाको शुभकामना व्यक्त गर्नु भयो ।

डा.बम बहादुर थापा र कलानिधि दाहाल जोडिनु भएर पनि प्रविधि समस्याले वाचनमा छुट्नु भयो । कवि संगिता खरेलको सफल उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु, लक्ष्मीप्रसाद मिश्र, शारदा आचार्य, उत्तम भेटवाल, भगवति दवाडी, शुरेश चन्द्र घिमिरे, केशव अधिकारी, सरला तिमल्सिना, चन्द्रावति अधिकारी, झविकला खरेल, छत्रपति दाहाल, सविता खत्री, सोम लुईंटेल लगायत २१ जना साहित्यकारहरुले मुक्तक वाचन गर्नु भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट भानु सम्बन्धी खोरिया एवं ४ मुक्तक प्रस्तुत गर्नु हुँदै प्रमुख अतिथि शेरचन लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भयाे र मुक्तक सम्बन्धी अवधारणा राख्दै कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x