साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा काव्यांश -७

यस्ता छन् दिव्य वाणी भवगुण चिनिने ज्ञान दिन्छन् फिँजारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

फ्याँकौँ सन्ताप वैरी विचलन घरको धीरतामा रमाऔँ ।
बन्दै आफू सुमान्छे मुलुकउरविषे दिव्य शोभा बढाऔँ ।।
हेरौँ संसार सङ्ला हित गुण बटुलौँ स्वर्ण आभा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३१।।

बेला आए असारे झटपट नखटे रिक्त बस्छन् भकारी।
कर्मी बन्दै बढेमा कमसल डरले भाग्छ आँखा उघारी।।
भन्दै तेरो र मेरो गृहपरिजनमा द्वन्द्व वैरी नपारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३२।।

राम्रा उद्योग छानी कृत पथ पद हुन् सौख्यमा हुन्छ वृद्धि ।
भाग्ने बानी नराम्रो कृत सब नसकी त्याग रे दुष्ट जिद्धि।।
आफू उठ्दै उठाऊँ स्व मुलुक नभमा विघ्न जम्मै लतारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३३।।

वैरीका सामु भन्नू असल हित चुनी त्याग्छ लड्नेछ आफैँ ।
मानेमा हुन्न वैरी मन पद बदली मित्रता गाँस्छ आफै ।।
सुन्दा छन् वृद्ध अर्ती गुणयुत नलिए पर्दछन् कष्ट भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३४।।

गर्छन् उच्चार्य सग्ला यदि पठित भए प्रस्ट बग्नेछ शब्द ।
जिब्रो टोकेर पढ्छन् अपठित जनले बन्न के सक्छ शुद्ध।।
यस्ता छन् दिव्य वाणी भवगुण चिनिने ज्ञान दिन्छन् फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३५।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x