साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्य समाजको ७२ औँ काव्य श्रृङ्खला

प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा जितालीको अध्यक्षतामा अघि बढेको यस काव्य अर्चना र वाचन कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा कवि गायत्री चापागाईँ हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ साउन ४ । मञ्जुश्री साहित्य समाजको ७२ औँ श्रृङ्खला आकर्षक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा जितालीको अध्यक्षता तथा कवि वीरबहादुर लोहनीको सञ्चालनमा अघि बढेको यस काव्य अर्चना र वाचन कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा कवि गायत्री चापागाईँ हुनुहुन्थ्यो ।

यस काव्य वाचन कार्यक्रममा कविहरू गङ्गा लिगल, टेकबहादुर लौडारी, जगदीश्वर पोख्रेल, गणेश आत्रेय, उत्तम भेटवाल, वीरबहादुर लोहनी, दुर्गा भमरकोटे, हरि खनाल र डा बमबहादुर थापा जितालीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थिति न्यून रहे पनि स्तर गुणात्मक रोचक र मनमोहक बनेको भन्दै अध्यक्ष डा बमबहादुर थापा जितालीले वाचित कविताहरू उपर सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x