साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा जुनू घिमिरेकाे ‘प्रदीप्त मन’ कवितासङ्ग्रह लोकार्पण

सभापति चाँगुनारायण सासका अध्यक्ष लालबहादुर भुजेल एवम् प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्ल हुनुहुन्थ्याे । विशिष्ट अतिथिमा डा. नवराज लम्साल, प्रा.डा. देवी नेपाल, डा. शैलेन्दुप्रकाश नेपाल, लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

भक्तपुर, २०८१ साउन ५ ।
छ हौसला मनोरमा असङ्ख्य पार्छ निर्भय ।
जुरुक्क उठ्छ यो धरा मिलेर काव्यको पय ।।
लु जाग जाग मित्र हो रमेर लेख्नुपर्दछ ।
जुनू समान उर्वरा बनेर भेट्नुपर्दछ ।।

कवयित्री जुनू घिमिरेद्वारा रचित ‘प्रदीप्त मन’ कवितासङ्ग्रह लोकार्पण भयो । भक्तपुर बुढ्यौली साहित्य समाज र चाँगुनारायण साहित्य समाजद्वारा स्थान बानेश्वर क्याम्पस काठमाडाैंमा आयाेजित समाराेहमा लाेकार्पण गरिएकाे हाे ।

सभापति चाँगुनारायण सासका अध्यक्ष लालबहादुर भुजेल एवम् प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्ल हुनुहुन्थ्याे । विशिष्ट अतिथिमा डा. नवराज लम्साल, प्रा.डा. देवी नेपाल, डा. शैलेन्दुप्रकाश नेपाल, अतिथि डा. सीता सुवेदी, डा. मधुसूदन न्यौपाने, पुरु लम्साल, डम्बर घिमिरे, चन्द्रप्रसाद न्यौपाने, डा इन्दुल केसी लगायत हुनुहुन्थ्यो ।

कुशल सञ्चालक कल्पना काफ्लेद्वारा उद्घोषण गरिएको कार्यक्रम प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर उद्घाटन गरी सरस्वतीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

सामूहिक राष्ट्रिय गानबाट हल गुन्जायमान भएपछि भक्तपुर बुढ्यौली सासका अध्यक्ष कविराज घिमिरेद्वारा स्वागत गरिएको थियो । बसन्ती भुजेल र यशू गिरीद्वारा मञ्चासीन र अग्रासनमा रहनु हुने सबैलाई भादगाउँले टोपी लगाइदिएर स्वागत गरिएको थियो ।

मञ्चासीन अतिथिज्यूहरूबाट पुस्तक लोकार्पण गरिएपछि डा. शैलेन्दुप्रकाशबाट पुस्तक समीक्षा, रचना दाहालबाट रचना वाचन,प्राडा देवी नेपालबाट पुस्तक समीक्षा, सुशील रिजालबाट रचनावाचन, डा. सीता सुवेदीबाट शुभकामना, निर्जला लम्सालबाट रचनावाचन, डा नवराज लम्सालबाट शुभकामना, कृतिकार जुनू घिमिरेबाट मन्तव्य र अन्त्यमा प्रमुख अतिथिको मन्तव्यपछि कार्यक्रमका सभापतिबाट मन्तव्यका साथ कार्यक्रम समापन गरियाे ।

व्यापक साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रम अत्यन्त सभ्य भव्य र आकर्षक बन्न पुगेकाे थियाे ।

०००
– कविराज घिमिरेकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x