साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कपन–बानेश्वर’ काे बाह्रौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

सो अवसरमा स्रष्टाहरु वसन्त रिजाल, गणेश मिश्र र रुपान्जली चालिसेलाई कबा विशिष्ट सम्मान प्रदान गरियो । रमेशप्रसाद खनाललाई कबा सम्मान अर्पण गरियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ साउन ४ । नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका कपन–बानेश्वरले बाह्रौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बौद्ध रामहिटीस्थित साहित्य सदनको हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै पत्रिकाले वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा स्रष्टाहरु वसन्त रिजाल, गणेश मिश्र र रुपान्जली चालिसेलाई कबा विशिष्ट सम्मान प्रदान गरियो । रमेशप्रसाद खनाललाई कबा सम्मान अर्पण गरियो ।

यसरी नै सर्जकहरु डा. छाँयादत्त न्यौपानेलाई नालाङ्ग, गङ्गा आचार्य सापकोटालाई पुष्करप्रसाद श्यामा खरेल स्मृति, राम आचार्य पुष्पप्रेमीलाई गङ्गा लिगल, सुशील आचार्यलाई भमरकोटे सुसेली र अनिता तामाङलाई हेमगङ्गा कबा रचना पुरस्कार २०८० अर्पण गरिएकाे सम्पादक निबन्ध आचार्यले जानकारी दिए ।

कार्यक्रममा साहित्यिक पत्रकार जयराम बिडारीलाई महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८० समर्पण गरिएको थियो । कार्यक्रममा अनुपस्थित पुरस्कृत राम आचार्यको पुरस्कार बालकृष्ण दाहाल र रुपान्जली चालिसेको सम्मान सीता शर्माले ग्रहण गरेका थिए ।

सम्मानित र पुरस्कृतलाई गङ्गा लिगलले टिका र गङ्गा पौडेलले खादा लगाइ दिएकी थिइन् भने विष्णु पन्त, विमल अर्याल, कृष्ण आचार्य, ममता मृदुल, शम्भु गजुरेल, भुषण खरेल, मदनराज थापा, विक्रम श्रेष्ठले साथ दिएका थिए ।

वरिष्ठ साहित्यकारहरु विजय चालिसे, प्रा.डा. रामप्रसाद ज्ञवाली, वेदमणि घिमिरे, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रवीण जोशीले सम्मान पत्र प्रदान गरेका थिए । संरक्षक सदस्यहरु माधवलाल श्रेष्ठ, सन्चिता खरेल, गङ्गा लिगल, दुर्गा भमरकोटे, गङ्गा पौडेल र महेन्द्र चालिसेले पुरस्कृतहरुलाई नगद अर्पण गरेका थिए ।

कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले पाँच लाखको अक्षयकोष स्थापना गरी साहित्यकार उपचार कोष स्थापना भएको घोषणा गरे । कोषाध्यक्ष त्रिलोचन आचार्यले कोषको कार्यविधि प्रस्तुत गरेका थिए ।

संस्थाका सल्लाहकार शङ्कर भारतीको सभापतित्व र व्यवस्थापक विमल कोइरालाको सन्चालनमा भएको सो कार्यक्रममा राम अचार्यको कृति अभावका सुस्केराहरु कवितासङ्ग्रहको विमोचन गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x