साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भग्न मान्छे 

नबोकिदे ! कुनै ईर्ष्या  नसाँचिदे प्रलोभन  नझिक्दे तँ अझै झोँक भोक-प्यास पसीकन । उत्तेजना र आक्रोश, व्यग्र, देह, तनाबमा अनिष्ट रूप सङ्कष्ट भग्न मान्छे छ माझमा ! ।

Nepal Telecom ad
पदम दाहाल :
यहाँ खान्छन् मरुन्जेल खञ्चुवामा छ को कमी ?
खाँदी खाँदी खुबै कोचे ठान्छ आनन्द जीवनी ।१।
विष बन्दछ त्यै खान्की स्वाद स्वादिष्ठ भैकन
रोग पल्किन्छ मान्छेमा शोक बोक्छ नराधम ।२।
दमाहा झैँ भयो ट्याम्को स्वाँस्वाँ पेट फुलाउँछ
गर्भिणी तिर्सना जस्तै कष्टसाध्य जुराउँछ ।३।
उठ्न बस्न दुबै गाह्रो सुत्छ घुर्दछ बेसरी
हृष्टपुष्ट खुबै मान्छे बोसो बैँस चढेसरी ।४।
पार्टी भतेरमा टन्न धन्य ठान्दछ प्लेटले
उघाएर सकेसम्म धोक्छ खाद्यान्न पेटले ।५।
अघाउँजी नआँटेको नढाँटी फालियो सबै
अहो ! मान्छे !! न हो जन्तु आहारिसे बनी सधैँ ।६।
नबोकिदे ! कुनै ईर्ष्या  नसाँचिदे प्रलोभन
नझिक्दे तँ अझै झोँक भोक-प्यास पसीकन ।७।
उत्तेजना र आक्रोश, व्यग्र, देह, तनाबमा
अनिष्ट रूप सङ्कष्ट भग्न मान्छे छ माझमा ! ।८।
 ०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x