साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिभेरा स्कुलमा भानुभक्तीय रचनावाचन प्रतियोगिता सम्पन्न

भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्सालको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रा.डा. ब्रतराज आचार्य, प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छु,लगायतको उपस्थिति थियो ।

Nepal Telecom ad

काठमाडाै. २०८१ साउन ४ । यस वर्ष देश विदेशका विभिन्न ठाउँमा २११ औँ भानुजयन्ती भव्यताका साथ मनाइयो । यस वर्ष भानुजयन्तीकै सन्दर्भ पारेर भानुजयन्ती सम्पातहअन्तर्गत रिभेरा इन्टरनेसनल स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा भानुभक्तीय रचनावाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

भानुप्रतिष्ठान र रिभेरा स्कुलको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदी हुनुहुन्थ्यो । भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्सालको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रा.डा. ब्रतराज आचार्य, प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छु, सचिव पुरु लम्साल, सदस्य डी.पी अर्याललगायतको उपस्थिति थियो । विभिन्न विद्यालयका प्रिन्सीपल, शिक्षक प्रतिनिधि र तीन दर्जन सहभागी विद्यार्थीहरुको उपस्थितिमा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक र वद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिति डा. सुवेदी, अध्यक्ष डा. लम्साल र महासचिव डा. शुभेच्छुले विजयी छात्रछात्रालाई प्रमाणपत्र, ट्रफी र पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सुवेदीले भानु जयन्तीमा भानु प्रतिष्ठानसँग नेपाल प्रज्ञाप्रतिष्ठानले सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयका बालबालिकाको शास्त्रीय कविता वाचन सामथ्र्यको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा रिभेरा विद्यालयका प्रधानाध्यापक प्रज्ज्वल कोइरालाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै सबैलाई स्वागत गर्नुभयो । भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले यस्ता कार्यक्रममा सहभागि हुँदा विद्यार्थी र विद्यालयलाई पुग्ने फाइदाका विषयमा जानकारी दिँदै कविता वाचनको महत्त्व बताउनुभयो । उहाँले यो कार्यक्रम पन्ध्र वर्षदेखि निरन्तर भइरहेको जानकारी दिनुहुँदै विद्यालयसँगको सहकार्यले धेरै शिक्षकसाथी र विद्यार्थी भाइ बहिनीसँग चिनजान हुन पाएको विचार राख्नुभयो ।

डा. रमेश शुभेच्छु र पुरु लम्सालको निर्णायक मण्डल रहेको रचनावाचन प्रतियोगितामा लुम्बिनी एकेडेमीका स्वास्तिक दाहाल, ज्ञानदीप शिक्षा सदनका सिम्रन कोइराला, नेपाल मेगा स्कुलका आयुष लम्साल क्रमश प्रथम द्वितीय र तृतीय स्थानमा पुरस्कृत भएका थिए । त्यसै गरी जगत् मन्दिर स्कुलका सोनिया चालिसे र इलिक्सर एकेडेमीका सम्मानी घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरे । सबै पुरस्कृतलाई नगदसहित प्रमाणपत्र, ट्रफी र पुस्तकहरुको पुरस्कारसहित पुरस्कृत गरियो ।

कार्यक्रमलाई प्रा.डा. ब्रतराज आचार्य, डी.पी अर्यालले पनि सम्बोधन गर्नुभएको थियो । उहाँहरुले भनुभक्तको योगदानको चर्चा गर्नुभयो ।

प्रतियोगितामा लुम्बिनी एकेडेमी ज्ञानदीप शिक्षा सदन नेपाल मेगा स्कुल, जगत् मन्दिर स्कुल, इलिक्सर एकेडेमी, गोल्डेन पिक हाइस्कुल, कान्तिभैरव गुरुकुल विद्यालय, श्रम राष्ट्रिय मा.वि, न्यू अरुणोदय मा.वि, बेबिलोन नेसनल स्कुल, कुमारी आवासीय मा.वि, पिस पोइन्ट बोर्डिङ स्कुल, लोयल्टी एकेडेमी स्कुल, नोवेल एकेडेमी स्कुल, शाम्भवी विद्यालय, लाइसियम मोडेल स्कुल, नेपाल मेगा स्कुल, भ्याल्ली भ्यू स्कुल, व्हिज किट्स इन्टरनेसनल स्कुल, ज्ञान निकेतन स्कुललगायतका स्कुलहरु, तिनका प्रतिनिधि र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति हरेको थियो ।

कार्यक्रममा सभाध्यक्षको सम्बोधन गर्नुहुँदै सभाध्यक्ष डा. नवराज लम्सालले रिभेरा स्कुलसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर कायम रहने विचार राख्नुभयो । उहाँले बालबालिकालाई सिर्जनातर्फ अभिप्रेरित पनि गर्नुभयो । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x