सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाेकगीत सङ्गीतका हस्ती एल. पी. जाेशीकाे निधन

रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लाे खोलो पल्लो खोलो कमिलाकाे गाेलाे जस्ता लाेकप्रशिद्ध लोक गीतका श्रष्टा एल.पी. जाेशी अब हामी बीच रहनु भएन ।

Nepal Telecom ad

झापा, २०८१ साउन १० ।दमकका गाैरव मानिनु हुने, नेपाली लाेकगीत सङ्गीतका हस्ती एल. पी. जाेशी निधन भएकाे छ ।

रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लाे खोलो पल्लो खोलो कमिलाकाे गाेलाे जस्ता लाेकप्रशिद्ध लोक गीतका श्रष्टा एल.पी. जाेशी अब हामी बीच रहनु भएन । उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्याे ।

जीवनकाे अन्तिम समयसम्म लाेकगीत सङ्गीतकाे क्षेत्रमा समर्पित स्रष्टा एल.पी. जाेशी ८८ वर्षकाे उमेरकाे हुनुहुन्थ्याे। उहाँ बिहीबार बेलुकी ८:०५ बजे अचानक बेहाेस हुनु भइ उपचारार्थ दमक अस्पताल पुर्याउँदा डाक्टरले उहाँ नरहनु भएकाे घाेषणा गरेका थिए।

जाेशीकी कान्छी बुहारी युकेबाट आएपछि आइतबार दाहसंस्कार गरिने कुरा परिवारिक स्राेतले जनाएकाे छ ।

वि. सं. २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराउनु भएका उहाँले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गर्नुभएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x