साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरित्र गफ !

नबुझी पढ्नु नराम्रो चरित्र हो भने पढ्दै नपढ्नु झन् नराम्रो । आज देशमा रक्सीले नखाएको, चाकरीले नबिगारेको, भ्रष्टाचारले नछोएको, इमानले रङ्गाएको आदि-आदि चरित्रको चाहना छ । चाहना र कामनाले मात्र हुन्न ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्ये झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

व्यक्ति र अनेक मार्ग

मुल्कराज आनन्दको एउटा उपन्यासको हेक्का आयो गफडीलाई, त्यहाँ एउटा पात्र एउटी नारीको आकर्षणमा यति ढल्कन्छ, जसले ऊ बर्बाद नै हुन्छ । एक व्यक्तिलाई बराल्ने अनेक मार्ग छन् । गफडीलाई कसैले टेलिफोनमा ‘गफडीजिउ तपाईंको लेखाइ क्या राम्रो ?’ भन्यो भने डर लाग्छ त्यसका चाटुकारीमा गफडी फस्ने भयो भनी । एक जना गफडीको साथीले एक दिन ठट्टा गरेर बोतलवाट अलिकति रक्सी खन्याई ख्वाएको थियो । रक्सी देवीले उसलाई जीवनभर ड्याँक्ने भएकी छन् । गफडीका धेरै मित्रले ठट्टा गर्दा समाउन लाएका १६ कौडीले उसलाई सधै समाएका छन् र यो जुवाका लतमा ऊ लट्ठ छ । गफडीले कुन दिन झुक्किएर कोर्न सिक्यो, आज ऊ यसैमा लीन छ । कसै-कसैका दृष्टिमा ऊ बेकार र बेकम्मा छ, तर पनि ऊ लेख्छ । यसरी अरूतिर नै हेरौँ एउटा मित्र एकाध कुरा पुर्‍याउने काम गर्दा-गर्दै गुप्तचर नै भयो । कतिले जुवाका खाल नै थापेका छन्, कतिले चाकरीको चाला बढाएका छन् । धोका दिन जानेका छन् कतिले भने कतिले पोका दिन जानेका छन् । कतिले ठग्न जानेका छन् भने कति नठगिन जानेका छन् । कति शिक्षक दलिन जानेका छन् । कतिले नदलिई ‘प्रोफेसर’ हुन जानेका छन् । यहाँ विचित्र छ ।

बरालसिङेहरू

गफडीलाई कुनै बेला भूतप्रेत वोक्सी-डाइनीबाट डर लाग्थ्यो भने कुनै वेला जेल-नेलदेखि डर लाग्थ्यो । गफडीले अहिले घोरिएर के थाहा पायो भने सबभन्दा डरलाग्दा हुन् बरालसिङे । अचेल ऊ यिनैदेखि डराउँछ । तपस्वी मुनिको तपस्या भङ्ग गर्ने बरालसिङे नै हुन् । स्वर्गवाट मोहनी अप्सराहरू आएर तपस्या भङ्ग गर्थे । सीतालाई आगामा होम्ने र जङ्गलमा फ्याँक्ने सब बरालसिङे हुन् । किनभने रावणलाई सीता-सुन्दरीको आकर्षणवाट बरालबुद्धि पलायो र ऊ बरालसिङे भयो भने अपवादका डरले राम बरालसिङे भए । राम भगवान् सही, रावण राक्षस सही, तर दुवै उत्तिकै बरालसिङेका सिकार हुन् । लेखक, कथाकार, पत्रकार, शिक्षक, बुद्धिजीवीहरू मतिभ्रमित हुन्छन् भने ती पनि बरालिएका नै हुन् र ती पनि बरालसिङेका सिकार भएका हुन् ।

चारित्रिक दृढता

चरित्र शब्द भन्न मात्र सजिलो छ, पढ्न मात्र सजिलो छ, तर यसमा दृढ हुन गाह्रो छ । रामको चरित्र पढ्नेले रुन्चे राम, धोका दिएर मित्रशत्रु मार्ने राम र सती पतिव्रता अवलालाई जङ्गलमा फ्याँक्न लगाउने रामको चरित्र बुझ्न, चारित्रिक दृढता भन्ने कति कठिन कुरा छ ! ‘सती’ छ, ‘पतिव्रता’ छ, ‘इमानदार’ छ, ‘योग्य’ छ, यी मुस्किलका कुरा हुन् । रक्सीवाट बाँच्ने, जुवावाट बाँच्ने व्यसनवाट वाँच्ने, नराम्रा, सङ्गतवाट बाँच्ने र कठिन परिश्रम गर्ने- यस्ता चरित्र ज्यादै दुर्लभ छन् ।

पातमा पात ! बातमा बात !

जस्तो देख्छन् उस्तै भन्छन् भन्ने भनाइ छ । समाजमा दृढ चरित्र, राम्रो चरित्रको अभाव छ । यो एक समस्या हो र पातमा पात हुँदा झै गफडीले बातमा बात गरेको हो । अर्कालाई गाली गर्नु नै राम्रो चरित्र होइन भने नराम्रो कुराका विरुद्ध सोर नउराल्नु पनि राम्रो चरित्र होइन । नबुझी पढ्नु नराम्रो चरित्र हो भने पढ्दै नपढ्नु झन् नराम्रो । आज देशमा रक्सीले नखाएको, चाकरीले नबिगारेको, भ्रष्टाचारले नछोएको, इमानले रङ्गाएको आदि-आदि चरित्रको चाहना छ । चाहना र कामनाले मात्र हुन्न । यसमा लाग्ने र यस्ताको नै खाँचो छ । यस्तो कुरा गर्दा मानवको प्राकृतिक स्वभाव बिर्सन सकिन्न । ऊ एक बोतलमा बिग्रिन्छ, एक ‘मारा’ मा लत्रन्छ, एक आकर्षणमा ढल्दछ । युगौँदेखिको मानव-कमजोरी र चरित्रको मेल कसरी गर्ने गफडीको प्रश्न छ, आज । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क १५, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x