साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा साहित्य कला साँझ कार्यक्रम सम्पन्न

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीको प्रमुख आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

झापा, २०८१ साउन ११ । साहित्य तथा सांस्कृतिक प्रतिष्ठान, विर्तामोडले पश्चिम पिज्जाघरमा आयोजना गरेको साहित्य कला साँझ कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीको प्रमुख आतिथ्य रहेकाे थियाे ।

अन्य अतिथिहरूमा माननीय गोपाल गजमेर, विर्तामोड उपप्रमुख नगेन्द्र संग्रौला, डम्बरुवल्लभ अधिकारी (इनरुवाका साहित्यिक प्रतिष्ठानका अध्यक्ष), पुण्यप्रसाद खरेल, केशव आचार्य आदि हुनुहुन्थ्याे ।

कार्यक्रममा दार्जिलिङका दुई जना नारी स्रष्टाहरु मञ्जुला तामाङ सुबब र देविका मग्राती राईलाई दोशल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रमुख अतिथिको आगमन पर्खिंदै गर्दा कार्यक्रम सुरु हुनुपूर्व जय आचार्यको कविता, प्रकाश अनुराग (सुन्सरी)को गीत, रविन्द्र कोइराला (सुन्सरी)का दुई लघु कथा तथा मञ्जुला तामाङ र देविका मग्रातीका कविता प्रस्तुत गरिएकाे थियाे ।

उपाध्यक्ष दीपक रायमाझी तथा स्रष्टा दीपक सुवेदीले आलोपालो संचालन गरेको, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत गरेको सो कार्यक्रममा भरत बर्बरिकले गद्यकविता, विष्णु न्यौपानेले देशभक्ति कविता, किशोर कोइरालाले गजल तथा रीता पोखरेलले शृङ्गारिक कविता सुनाउनु भयो । दर्शकहरुबाट कविहरुलाई स्यावासीका आवाजहरुले उत्साहित गर्दै गरेको कार्यक्रम रमाइलो थियो ।

कार्यक्रममा तीलकुमारी बुढाथोकी, पूर्ण मगर, लक्ष्मी राई, मल्लिका प्रधान, ज्ञानेन्द्र खतिवडा, एलबी सुनुवार, लक्ष्मी अच्युत ढुङ्गाना, गोपालप्रसाद संग्रौला, अमृता पाठक चौंलागाईं, तेजु चौंलागाईं, राप्रपा झापा अध्यक्ष केशव ओझा, राप्रपा विर्तामोड अध्यक्ष रञ्जु प्याकुरेल, गोपीकृष्ण खतिवडा, केवल तामाङ, रोहिणी रसिक, प्रमोद ढकाल, मातृकाप्रसाद संग्रौला, जय भण्डारी, पुष्पा नेपाल सुवेदी, मित्र मगर, मोक्ष खतिवडा लगायत हलभरि उपस्थिति रहेको थियो ।

०००
– पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x