सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रेणुका भट्टराईको काव्यकृति ‘मञ्जरी’ लोकार्पित हुँदै

साहित्य सदन रामहिटी बौद्धको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरूका रचना वाचन समेत हुने भएको छ ।

Nepal Telecom ad

काठमाण्डौ, २०८१ साउन १४ । पत्रकार एवम् स्रष्टा तथा झ्याउरे छन्द कविताकी अभियन्ता रेणुका भट्टराईको काव्यकृति ‘मञ्जरी’ प्रकाशित भएको छ ।

नेपाली गलाबाट हराउँदै जान थालेको झ्याउरे लोकछन्दलाई पुनर्जागृत गर्नु आवश्यक रहेको बताउने भट्टराईको यो काव्य कृति त्यही छन्दलय संरचनामा संरचित रहेको छ ।

यही साउन १७ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा एक समारोह बीच लोकार्पण हुने कुरा आयोजक संस्था काव्यघर नेपालको अध्यक्ष राजकुमार खड्काले जानकारी दिनु भएको छ ।

पेराेल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त काव्यकृतिकाे साहित्य सदन रामहिटी बौद्धको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरूका रचना वाचन समेत हुने भएको छ ।

दिउँसो १२ : ३० मा आयोजित उक्त समारोहको आयोजना काव्यघर नेपाल मिडिया प्रा.लि र पेरोल नपालको साहित्य विभागले गर्नेछन् ।

०००

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x