साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनमत वाङ्मय प्रतिष्ठानका विभिन्न सम्मानहरूकाे घाेषणा

दीपा–जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश- खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (ललितपुर) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई प्रदान गरिने भएकाे छ ।

Nepal Telecom ad

काभ्रे, बनेपा २०८१ साउन १४ । जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरूकाे घोषणा गरिएको छ ।

वर्ष २०८० सालको लागि दीपा–जनमत सम्मान आकाश अधिकारी (तनहुँ) लाई, गणेश- खिलकुमारी दुवाल–जनमत सम्मान किशोर पहाडी (ललितपुर) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ) लाई र जनमत–जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर) लाई प्रदान गरिने भएकाे छ ।

त्यसैगरी केवलपुरे–जनमत सम्मान मोमिला जोशी (धनकुटा) लाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान कालु कुमाले (ललितपुर) लाई, कमला सैंजु–जनमत सम्मान इल्या भट्टराई (काठमाडौं) लाई, जनमत–राजभाइ सहयात्री सम्मान देवीचरण भण्डारी (झापा) लाई र भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा) लाई प्रदान गरिनेछ ।

जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान डा. ध्रुव घिमिरे (नुवाकोट) लाई, जनमत–सिचि धर्म-संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी बहिनी (काभ्रे) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान मधुसुदन पाण्डेय (दाङ) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा.प्रकाशराज रेग्मी (पाल्पा) लाई प्रदान गरिने भएको छ ।

यसैगरी जनमत–ज्ञानरत्न-मंगलतारा राष्ट्रिय सम्मान फूलमान बल (काभ्रे, तामाङ भाषा) र
जनमत–पूर्णमान-लुचि समाजसेवा सम्मान पूर्णबहादुर गुरुङ (विमल पुस्तकालय, सुनसरी) लाई प्रदान गरिनेछ ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४१ औं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आगामी २०८१ माघ १९ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् ।

उक्त सम्मानमा प्रत्येक सम्मानित प्रतिभाहरूलाई रु.१०,०००।– नगद पनि प्रदान गरिने जानकारी जनमतले दिएकाे छ ।

०००
तस्विर श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x