साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् बाबु आमा बुढा

आफ्नो काम गरेर खान कसले रोकेर रोकिन्छ र ? मान्छेको अधिकार यो मुलुकको कस्ले कहाँ छिन्छ र पन्छीले पनि पेट पाल्छ बनमा घोटेर आफ्ना ठुँडा के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बारी खेत ठुलो छ गाउँ घरमा बाँझो छ पाटो सब
बाली नै फल फूल अन्न सबको लाइन्छ फोरी अब
धानी उच्च गृहस्थ यो मुलुकमै खाइन्छ घोटी घुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥१

पुर्खाले पुरुषार्थ झन् कति गरे नेपाल जोगाउन
नेपाली जन छैन सक्षम अझै ऊर्जा यहाँ लाउन
आफ्नै देश बनाउने विषयमा बोकिन्छ पर्दा खुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥२

खानी जङ्गल छन् जडी वनबुटी लाखौँ खजाना अनि
हाम्रो रम्य विशाल यो मुलुकमा पाइन्छ हो जे पनि
गर्ने उद्यम हात पाउ पनि यी छैनन् नि मेरा डुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥३

आफ्नो काम गरेर खान कसले रोकेर रोकिन्छ र ?
मान्छेको अधिकार यो मुलुकको कस्ले कहाँ छिन्छ र
पन्छीले पनि पेट पाल्छ बनमा घोटेर आफ्ना ठुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥४

राखी मान र सानमा दिनदिनै यी बाबु आमाकन
धानौँला सुख साथ कर्म पथमा लागेर यो जीवन
भन्छन् आसिक वृद्धको लिनु सधैँ बालेर ताप्नु मुढा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

रामशरण न्याैपाने
फर्केन छोरो दिन दागबत्ती

फर्केन छोरो दिन दागबत्ती

रामशरण न्याैपाने
होली

होली

रामशरण न्याैपाने
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x