सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छन् बाबु आमा बुढा

आफ्नो काम गरेर खान कसले रोकेर रोकिन्छ र ? मान्छेको अधिकार यो मुलुकको कस्ले कहाँ छिन्छ र पन्छीले पनि पेट पाल्छ बनमा घोटेर आफ्ना ठुँडा के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बारी खेत ठुलो छ गाउँ घरमा बाँझो छ पाटो सब
बाली नै फल फूल अन्न सबको लाइन्छ फोरी अब
धानी उच्च गृहस्थ यो मुलुकमै खाइन्छ घोटी घुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥१

पुर्खाले पुरुषार्थ झन् कति गरे नेपाल जोगाउन
नेपाली जन छैन सक्षम अझै ऊर्जा यहाँ लाउन
आफ्नै देश बनाउने विषयमा बोकिन्छ पर्दा खुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥२

खानी जङ्गल छन् जडी वनबुटी लाखौँ खजाना अनि
हाम्रो रम्य विशाल यो मुलुकमा पाइन्छ हो जे पनि
गर्ने उद्यम हात पाउ पनि यी छैनन् नि मेरा डुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥३

आफ्नो काम गरेर खान कसले रोकेर रोकिन्छ र ?
मान्छेको अधिकार यो मुलुकको कस्ले कहाँ छिन्छ र
पन्छीले पनि पेट पाल्छ बनमा घोटेर आफ्ना ठुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥४

राखी मान र सानमा दिनदिनै यी बाबु आमाकन
धानौँला सुख साथ कर्म पथमा लागेर यो जीवन
भन्छन् आसिक वृद्धको लिनु सधैँ बालेर ताप्नु मुढा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छन् वृद्ध ओछ्यानमा

छन् वृद्ध ओछ्यानमा

रामशरण न्याैपाने
बन्ला वृद्धाश्रम मुलुक यो

बन्ला वृद्धाश्रम मुलुक यो

रामशरण न्याैपाने
भिर्दैछ आज मान्छे

भिर्दैछ आज मान्छे

रामशरण न्याैपाने
नेता बन्यो नम्बरी

नेता बन्यो नम्बरी

रामशरण न्याैपाने
साठी कटेको दिन

साठी कटेको दिन

रामशरण न्याैपाने
फर्केर आउन् घर

फर्केर आउन् घर

रामशरण न्याैपाने
जेठाकाे आत्म-बिलाैना

जेठाकाे आत्म-बिलाैना

देवीप्रसाद मिश्र
बाबुआमा (काव्यांश- ४७)

बाबुआमा (काव्यांश- ४७)

दीनानाथ पाेखरेल
चिन्न पाएको छैन

चिन्न पाएको छैन

डिल्लीराज अर्याल
आमाको चिन्ता (२)

आमाको चिन्ता (२)

कविराज घिमिरे
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका कहर

वृद्धका कहर

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x