फित्काैली डटकमपत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ लोकार्पित
प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले व्यानर पढेर उद्घाट्न गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले सामुहिक रूपमा कृतिको लोकार्पण गर्नु भएको थियो ।

काठमाडाैं, २०८१ साउन १७ । झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको खण्डकाव्य ‘मञ्जरी’ को दोस्रो संस्करण कृति लोकार्पण तथा सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम साहित्य सदन नेपाल रामहिटि बौद्ध काठमार्डौमा काव्य घर नेपालको आयोजनामा भएको हो । प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले व्यानर पढेर उद्घाट्न गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले सामुहिक रूपमा कृतिको लोकार्पण गर्नु भएको थियो ।
स्रष्टा भट्टराईले २०५७ सालमा लेख्नु भएको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो ।
दोस्रो संस्करण कृतिको बारेमा प्रा.डा. देवी नेपाल र प्रा.सीता भट्टराईले बोल्नु भएको थियो । उक्त कार्यक्रममा प्रा.जगतप्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली र अर्जुन ‘बिरक्ती’ ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताउँन भयो । साथै लेखकीय मन्तव्य दिदै भट्टराईले कृति रचना गर्भका बारेमा प्रकाश पार्दे सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई, अधिकारी विमला, गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना बाचन गर्नु भएको थियो ।
सोहि अवसरमा स्रष्टा भट्टराईका पुत्र सुदृढ पोखरेलको जन्मदिन परेको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो । प्रमुख अतिथिले टीका लगाई शुभकामना दिनु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ, गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमलाई साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































