फित्काैली डटकमराई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’को लोकार्पण
कार्यक्रममा साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति "पानीपतिया" का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले "पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर"कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
काठमाडौँ, २०८१ साउन १७ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’को लोकार्पण गर्नुभएको भयो ।
उक्त पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको हो । बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति “पानीपतिया” का बारेमा समालोचक डा.तारालाल श्रेष्ठले “पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर”कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित ‘पानिपतिया’ले ‘गोर्खा सैनिक’ले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका छन् । युगअनुसार उत्पादन हुने संस्कृतिले समाजलाई कस्तो असर पार्छ । त्यसबारे गम्भीर हुनुपर्ने बताउँदै राईभाषाहरूको साझा पत्रिका ‘खुवालुङ’ प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको बताउनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाहरूको संरक्षण गर्ने दायित्व प्रज्ञा- प्रतिष्ठानको भएकाले राईभाषाहरूको साझा पत्रिकाको रूपमा ‘खुवालुङ’ प्रकाशित गरिएको हो ।प्रतिष्ठानले सबै भाषा र साहित्यको खोजअनुसन्धान गर्दै जाने बताउनु भएको थियो ।
उहाँले काङमाङ नरेश राईद्वारा रचिएको ‘पानीपतिया’ले गोर्खा सैनिकले झेल्नुपरेको असमान सांस्कृतिक पीडालाई व्यक्त गरिएको बारे बहस हुनु सान्दर्भिक रहेको बताउनु भएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले ‘खुवालुङ’ राईजातिहरूको साझा पत्रिका हो । यसले राईहरूको संस्कृति र साहित्य लगायतका विषयलाई उजागर गर्दै जाने बताउनु भएको थियोे । मुकारुङले काङमाङ नरेश राईद्वारा लिखित ‘पानीपतिया’ले गोर्खा सैनिक भर्तीमा गएकाहरूले भोग्नुपरेका कतिपय विभेदको चित्रण गरेको बताउनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले साहित्यकार काङमाङ नरेश राईको निबन्धनात्मक कृति ‘पानीपतिया’ले गोर्खा भर्तीमा गएका नेपालीहरूले भोग्नुपरेको सांस्कृतिक विभेद र असमानता के कस्तो छ ? भन्ने बारे चित्रण गर्दछ । ‘पानीपतिया’ले सिङ्गो नेपाली समाजलाई पारेको असरबारे थप अध्ययनको अावश्यकता रहेको बताउनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाकाअनुसार उक्त कार्यपत्र प्रस्तुत गर्दै डा. तारालाल श्रेष्ठले गोर्खा भर्तीको तस्बिर, गोर्खा भर्तीको सांस्कृतिक असर,सार्वजनिक वृत्तमा गोर्खा समुदाय र सहअस्तित्वको सत्वका बारेमा चर्चा गर्नु भएको थियोे । कार्यपत्रमाथि नारायणी देवकोटा र गुरुङ सुशान्तले टिप्पणी गर्नुभएको थियोे ।सहभागीका तर्फबाट सन्जोग लाफा मगरले ‘पानीपतिया’बारे जिज्ञासा राख्नुभएको थियो।
‘पानीपतिया’का सर्जक काङमाङ नरेश राईले प्रश्नैप्रश्नहरूबिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश हुँदै आएको इतिहास छ । यस विषयमा इतिहासकार र प्राध्यापक डाक्टरहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको उद्घोषण योगविद् तथा प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा.टिपी धमलाले गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































